Play

नवौं राष्ट्रिय खेलकुद: एथलेटिक्समा आर्मीका दुई कीर्तिमान

गुरुकुल खबर


पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ ।

पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने, एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा उक्त दुरी पार गरिन् ।

यसैगरी एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन् ।
गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो । गोपीले भने रजतमा चित्त बुझाए । उनले उक्त दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे ।

आर्मीकै गजेन्द्र राइले काँस्य पदक जिते । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।

 

३० आश्विन २०७९, आईतवार १२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा