तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शिर्ष नेताहरुको उमेदवारी: देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कहाँ र कस्तो छ ?

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज २७ मा प्रकाशित
in राजनीति, Breaking News, प्रदेश गतिविधि, विशेष, समाचार
शिर्ष नेताहरुको उमेदवारी: देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कहाँ र कस्तो छ ?
36
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा – २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहट-१ बाट उम्मेदवारी दिनुभएकाे छ ।

शेरबहादुर देउवा

२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक पनि डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेसभित्र आन्तरिक द्वन्द्व चर्किएको २०५१ साल, माओवादीले ठूलो प्रभाव पारेको २०६४ सालको चुनाव अनि वाम तालमेल भएको २०७४ सालको चुनावमा पनि एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी नेताको कीर्तिमान बनाउनु भएका देउवा यसपटक पनि जित्नेमा निश्चिन्त हुनुहुन्छ ।

२०७४ को पालिका चुनावमा कांग्रेसले ७ मध्ये ४ पालिका र १७ वडामा मात्र जित निकालेको थियो । त्यसबेला एमालेले सदरमुकाम रहेको अमरगढी नगरपालिकामा जित निकालेको थियो । तर, अहिलेको पालिका चुनावमा एमालेले डडेलधुराका कुनै पनि पालिकाको प्रमुख पद जित्न सकेन भने कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ । बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित भएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका २, कांग्रेस (वीपी) का २ र स्वतन्त्र २ वडाअध्यक्ष छन् । यसअघि कम्युनिस्टको सहयोग नपाएका देउवा अहिले कम्युनिस्टसहितको गठबन्धनका कारण झन् सहजै चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । पालिका चुनावमा अवस्था सुध्रिएका कारण पनि त्यहाँका कांग्रेसको आत्मविश्वास बढेको छ ।

अहिले देउवाको प्रतिस्पर्धी बन्नु भएका कर्ण मल्ल २०७४ को चुनावमा डडेलधुरा (ख) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । लामो समय देउवाको स्वकीय सचिव रहनु भएका र दुई पटक डडेलधुरामा कांग्रेसको नेतृत्व गर्नु भएका मल्लको कांग्रेस (वीपी) ले एमालेसँग तालमेल हुँदा पनि पालिका चुनावमा २ वटा वडाध्यक्ष पद मात्रै जितेकोले पनि कांग्रेसीहरु देउवालाई कुनै चुनौती रहेको देख्दैनन् । यस क्षेत्रबाट सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

केपी शर्मा ओली

२०४८ सालदेखि झापाको क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएका केपी शर्मा ओलीले २०६४ सालमा पराजय भोगेबाहेक अहिलेसम्म जित्दै आउनु भएको छ । यसपटक सत्ता गठबन्धनका कारण ओलीलाई २०७४ सालको चुनाव जस्तो सजिलो हुने देखिँदैन ।

२०७४ को चुनावमा ओलीले मुख्य प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले जित्नु भएको थियो । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउनु भएको थियो । ओलीले अधिकारीले भन्दा २८ हजार ८ सय ४२ अधिक मत ल्याउनु भएको थियो ।

तर, अहिले अवस्था पहिलेको जस्तो नरहे पनि झापा ५ मा एमालेको सङ्गठन बलियो रहेको मानिन्छ । झापाको निर्वाचन क्षेत्र ५ मा २९ वटा वडा रहेका छन् जसमा गएको पालिका चुनावमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ । ओलीको निर्वाचन क्षेत्रमा गौरादह नगरपालिकाका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ गौरीगञ्ज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५, ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन् ।

गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष र २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित ३ वटा वडामा एमाले र एउटा वडामा माओवादीले जितेको छ भने कमल गाउँपालिका भने कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित ५ वटा वडा जितेको छ । यी दुवै गाउँपालिकामा एमालेले धेरै वडा जितेको छ।

यस्तै, गौरादह नगरपालिकामा एमाले अध्यक्ष–उपध्यक्षसहित निर्वाचन क्षेत्र – ५ मा पर्ने छ वटा वडा जितेको छ भने दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो । यो नगरपालिकामा एमाले ७ वटा वडा, कांग्रेसले २ र एउटा वडा राप्रपाले जितेको छ।

गएको पालिका चुनावमा वडाको मतका आधारमा हेर्दा झापा ५ मा एमालेले ४१ हजार ६ सय १९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७ सय ८८, राप्रपाले ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीले १ हजार ९ सय ८८ मत पाएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन – ३ छाडेर गोरखा – २ बाट उम्मेदवारी दिनुभएको छ । यहाँ कांग्रेसकी माधवी भट्टले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै यो क्षेत्रमा एमालेबाट अब्दुस मियाँको पनि उम्मेदवारी परेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले चार पटक चुनावी प्रतिस्पर्धा गर्नुभएको छ । तर, हरेक पटक उहाँले क्षेत्र परिवर्तन गर्नुभएको छ । २०६४ सालमा संविधान सभाको चुनावमा उहाँले काठमाण्डौको क्षेत्र नम्बर १० तथा रोल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको थियो भने उहाँ दुवै क्षेत्रमा विजयी पनि हुनुभएको थियो ।

२०७० सालमा भएको संविधान सभाको दोस्रो चुनावमा उहाँ साविक काठमाण्डौ – १० तथा सिरहा – ५ बाट उम्मेदवार बन्नुभयो । काठमाण्डौमा उहाँ कांग्रेसका जिल्लास्तरीय नेता राजन केसीसँग पराजित हुनुभयो । सिरहामा उहाँले १५ हजार २ सय ४४ मत ल्याएर जित्नुभयो । उहाँको प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठले १४ हजार ३ सय २३ मत ल्याउनु भएको थियो ।

२०७४ सालको चुनावमा भने उहाँले चितवन – ३ बाट ४८ हजार २ सय ७६ मत ल्याएर राप्रपाका विक्रम पाण्डेलाई हराउनु भएको थियो । पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो ।

तर, अहिले प्रचण्ड उम्मेदवार बन्नु भएको गोरखा – २ मा गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मतपरिणाम हेर्दा माओवादी केन्द्र एक्लैको २२ हजार २५० मत रहेको छ । त्यस्तै नेपाली कांग्रेसको २१ हजार १ सय ३६ र जनता समाजवादी पार्टी (जसपा) को ७ हजार ५ सय ४ मत छ । यो क्षेत्रमा एमालेको ७ हजार ९ सय २६ तथा राप्रपाको ८ सय ७८ मत मात्र भएकोले पनि गठबन्धनका उम्मेदवार प्रचण्डलाई सहज छ ।

माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ – २ छोडेर रौतहट – १ बाट उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ताको उम्मेदवारी परेको छ ।

यसअघि २०५६ सालको आमचुनाव तथा २०७० सालको दोस्रो संविधान सभाको चुनावमा नेपाल रौतहट – १ बाट नै निर्वाचित हुनुभएको हो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उहाँ नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित हुनुभएको थियो ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर – २ बाट विजयी नेपाल यसपटक भने आफ्नो गृह जिल्लामा पुग्नुभएको छ । रौतहट–१ मा नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । एमालेले धेरै पटक चुनाव जितेको क्षेत्र हुनाले यहाँ एमाले कमजोर मानिँदैन ।

तर, यस पटकका एमालेका उम्मेदवार २०७४ सालको गौर नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ भर्खरै राजपाबाट एमाले प्रवेश गर्नुभएको हो । यसकारण पनि यहाँ समाजवादीले आफूलाई बलियो मानेको छ ।

रौतहट–१ मा रहेको पाँचवटा पालिकामा गठबन्धन दलले नै विजय हासिल गरेको हो । गौर र राजदेवी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी, माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस, यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादीका उम्मेदवारले जितेका हुन् । यसकारण पनि नेकपा समाजवादीले यसलाई सहज क्षेत्रका रुपमा लिएको छ ।

रौतहट – १ मा पर्ने गरुडा नगरपालिकाको एउटा वडा र गढीमाई नगरपालिकाको ३ वटा वडामा पनि गठबन्धनले जित निकालेकोले नेकपा समाजवादी यस क्षेत्रमा सहज जित निकाल्नेमा देखिन्छ ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा रौतहट – १ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा निर्वाचित हुनुभएको थियो । पछिल्लो समय लोसपा पनि सत्तारुढ गठबन्धनमै रहेकोले पनि नेपालको जित सहज देखिनेमा आशावादी देखिन्छन् नेकपा समाजवादीका नेताहरु ।

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ – १ बाट उम्मेदवारी दिनुभएको छ । यसपटक पनि त्यहाँ गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । यस क्षेत्रबाट एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ ।

तनहुँ – १ बाट पहिलो पटक २०४८ को चुनाव जितेर सांसद बन्नु भएका पौडेलले २०५१ सालको मध्यावधि चुनावमा भने तनहुँ २ बाट सांसद जित्नु भएको थियो । त्यसबेला उहाँ प्रतिनिधि सभाको सभामुख पनि बन्नुभयो । त्यसपछि २०५६, २०६४ तथा २०७० सालमा पनि उहाँले तनहुँ २ बाट नै चुनाव जित्नुभयो ।

तर, २०७४ सालमा भने उहाँले तनहुँ – १ बाट उम्मेदवारी दिनुभयो । र त्यसबेला वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग उहाँ ६ हजार ४ सय १४ मतले पराजित हुनु भयो । वाम गठबन्धनका साथै त्यहाँ बलियो पकड राख्ने गोविन्दराज जोशीले पनि त्यसबेला श्रेष्ठलाई सहयोग गर्नुभएको थियो ।

अहिले पनि जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । पालिका चुनावमा जोशीका छोराले व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकोमा २ सय ५२ मतको झिनो मतले मात्रै पराजित हुनुभएको हो । यसकारण पनि पौडेललाई केही अप्ठ्यारो पर्ने देखिन्छ । तर तनहुँ – १ मा कांग्रेसको प्रभाव राम्रो रहेको र गठबन्धनका कारण अझ अवस्था सहज रहेको त्यहाँका कांग्रेस नेता कार्यकर्ताहरुले आकलन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.