Play

काँग्रेस कास्की क्षेत्र नं ३ द्धारा काँग्रेसको पकड क्षेत्र माओवादीलाई दिएकोमा आपत्ति

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ ले मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ क माओवादीलाई दिएको भन्दै आपत्ति जनाएको छ ।

नेपाली काग्रेस कास्की क्षेत्र नम्बर ३ क का सभापति पुष्पेन्द्र पाण्डे र कास्की क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

संयुक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख र्छ आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा गठवन्धन दलवीच भएको सहमति अनुसार कास्की क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको भन्ने खवर आएकोमा हाम्रो गभ्भिर ध्यानकर्षण भएको छ ।’

गत स्थानीय तहको निर्वाचनमा कास्की क्षेत्र नं. ३ प्रदेश क अन्तर्गत माछापु्च्छ्रे गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित गाउँपालिका भित्र ७ वटा वडा र प्रदेश अन्तर्गत महानगरका ६ वटा वडाहरु मध्ये ५ वटा वडा नेपाली काँग्रेसका उम्मेदवार विजय भएको उल्लेख गर्दै  काँग्रेस बढी मत र संघमा पनि बलियो  हुदै गर्दा गठवन्धन नाममा प्रतिनिधि सभा र प्रदेश सभा क नेकपा माओवादी केन्द्रको भागमा परेको भन्ने खवरले उक्त क्षेत्र र प्रदेशका आम कार्यकर्तामा नैरास्यता छाएको जारी विज्ञप्ती जनाइएको छ ।

हामी गठवन्धको विरोधमा उत्रिएको भने पटक्कै होइन, जनमतलाई आधार मानेर सम्मान जनक गठवन्धन हुनुपर्दछ भन्ने हाम्रो आवाज हो । हामीले राखेको यी मागलाई नेपाली काँग्रेस केन्द्रयी कार्यसमितिले गम्भिरताका साथ लिइ यो निर्णय पुर्नविचार गरोस् भन्ने जोडदार माग गर्दछौं ।’ पाण्डे र गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

 

 

२३ आश्विन २०७९, आईतवार ०७:३१ मा प्रकाशित
Nabintech