तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उम्मेदवारी दर्ता आइतबार, ७७ वटै जिल्लामा तयारी पूरा, उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज २२ मा प्रकाशित
in राजनीति, Breaking News, बाग्मती प्रदेश, विशेष, समाचार
उम्मेदवारी दर्ता आइतबार, ७७ वटै जिल्लामा तयारी पूरा, उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने
33
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । यसका लागि ७७ वटै जिल्लामा तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।

उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे ।

उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले विगतको अनुभव र प्रतिक्रियालाई आधार मानेर मतदानका दिन व्यवस्थितरुपमा सार्वजनिक सवारी साधन सञ्चालन गराउने सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधि सहितको कार्यदल गठन गरिएकाले सो कार्यदलको सुझावबमोजिम कार्यान्वयन गरिने बताए ।

निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले  गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ ।

समानुपातिकको मतपत्र छपाइ

आयोगले समानुपातिक निर्वाचनतर्फका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरबाट कूल चार करोड ५५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।

यसमध्ये प्रतिनिधि सभा सदस्यतर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही असोज २७ गतेदेखि मतपत्र छपाइ कार्य शुरु हुनेछ ।

आचारसंहितामा संशोधन 

आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा यही असोज १६ गतेको निर्णयबाट पहिलो संशोधन गरेको छ । सामान्य त्रुटी सुधारका अतिरिक्त मूल आचारसंहिताको दफा ५ र अन्य दफामा केही संशोधन भएका छन् । संशोधित आचारसंहितामा ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचारण’ का सम्बन्धमा प्रतिबन्धात्मक वाक्यांश थप स्पष्ट बनाइ निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रसारप्रसारमा संलग्न हुनसक्ने प्रबन्ध गरिएको छ ।

यस्तै नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीले आयोगको सहमति लिइ त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुनसक्ने छन् । स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुनसक्ने र नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचनको प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बन्दसूचीको सूचना प्रकाशन रातिसम्म

निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना साँझ ५ बजेसम्म प्रकाशन गर्ने कार्यक्रम रहेकामा राति अबेरसम्म प्रकाशन हुने भएको छ । आयोगले दलबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिएको थियो ।

यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस भएको छ । ती नामसहित प्रतिनिधिसभा र प्रदेशसभामा गरी छ हजार चार सय ९३ जना उम्मेदवार रहेका छन् ।

निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड, ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार ८०६ र महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार ५७९ रहेका छन् ।

निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.