बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल र कविता लेख्दै आएका श्रीराम राईकाे ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरिएकाे छ ।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।
उक्त गीतकाे अडियो ओसन म्युजिक नेपाल नामकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे । जसमा मनमाबी राईले स्वर दिएकी छन् । मनमाबी राई खाेटाङकी उदयीमान गायिका हुन् ।
राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो सार्वजनिक गरिएको छ
साहित्यकार श्रीराम राईकाे पहिलाे गीत ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बाेलकाे थियाे । जुन २०७५ सालमा शिला खनालकाे स्वरमा रेकर्ड गरिएकाे थियाे ।
उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्। उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्।