Play

मापसे जाँच गर्न पोखरामा १२ ट्राफिक प्रहरी टोली खटिए

गुरुकुल खबर


पोखरा । चाडपर्वको बेलामा हुने सवारी दुर्घटना न्यूूनीकरणकालागि दसैँको बेला गण्डकीका ११ जिल्लाका विभिन्न ठाउँमा सडक चेकजाँच र सुरक्षाका लागि ३६० जना ट्राफिक प्रहरी खटिने भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीको चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गर्न लागिएको हो।

मादक पदार्थ सेवनको परीक्षण गर्न कास्कीका १२ वटा टोली खटिएका छन् भने बागलुङ र म्याग्दीमा ३–३ ठाउँमा मापसे चेकिङ गरिनेछ। अन्यत्र भने एक वा दुई ठाउँमा मापसे चेकिङ गरिने ट्राफिक कार्यालयले जनाएको छ।

पोखराका १५, नवलपुर र तनहुँका ६, स्याङ्जा र बागलुङका ५ र गोरखाका ४ ठाउँमा नियमित चेकजाँच हुने भएकाले कागजपत्र लिएर यात्रा गर्न पनि प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले आग्रह गरेका छन्।

प्रवक्ता सुवेदीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायी रुपले, केही ठाउँमा मादक पदार्थ सेवन गरे,नगरेको चेक गर्न, केही युनिटलाई नियमित चेकिङ, मोबाइल गस्ती,सहायता कक्ष, विपद् उद्धार, राजमार्ग गस्तीलगायतका जिम्मेवारी दिइएको छ।

बागलुङमा ६ र तनहुँ र नवलपुरमा ५ वटा विभिन्न यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ भने तनहुँमा सबैभन्दा बढी ४ वटा मोबाइल गस्ती टोली खटाइएको ट्राफिक कार्यालयले जनाएको छ।

१० आश्विन २०७९, सोमबार २२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा