Play

प्रेम गीत ३ ले पहिलो दिनमै कमायो ७ करोड ७५ लाख बढी

गुरुकुल खबर


काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले जनाएको छ।

शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ।
यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ।

यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो। यी सबै भारतीय रुपैयाँमा हुन्।

नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ।
फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

-बलिउड हंगामाको सहयोगमा

८ आश्विन २०७९, शनिबार २३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा