Play

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

गुरुकुल खबर


मेक्सिको सिटी, ८ असोज : मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको  हत्या गरेका छन् । गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ । घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

 

गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई  ‘कायरपूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुर्नस्थापित गर्ने वाचा गरेका छन् । सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको  विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ । जसले लागुऔषधको तस्करी र इन्धन चोरीको नियन्त्रण गर्ने क्रममा हिंसा बढेको छ ।

 

सन् २००६ को डिसेम्बरदेखि सरकारले एक विवादास्पद सैन्य कारबाही एंटी ड्रग अपरेसन सुरु गरेको छ । त्यस यता ३ लाख ४० हजार जनाको हत्या भएको तथ्यांक छ ।

एजेन्सी

८ आश्विन २०७९, शनिबार ०८:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा