Play

केपी शर्मा ओली भावी प्रधानमन्त्री र चुनावी कमान्डर- नेकपा एमाले

गुरुकुल खबर


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार निर्वाचन परिचालन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल रहेका छन् । ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन भएको छ । यसैगरी, देशैभरि, प्रदेश, जिल्ला, क्षेत्रलगायतमा निर्वाचन परिचालन कमिटी गठन गरेर नेताकार्यकर्तालाई परिचालन गरिने योजना एमालेको छ ।

एमाले भावी प्रधानमन्त्री र चुनावी कमान्डरमा केपी शर्मा ओलीलाई अघि सार्दै निर्वाचनमा होमिएको छ

देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटका साथ निर्वाचनमा पार्टी होमिएको रिजालले बताए । आगामी निर्वाचन’ स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरेको एमालेले २२ भदौभित्रमा उम्मेदवार सिफारिस गर्न निर्देशनसमेत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा एमालेको बहुमत आउनेगरी आन्तरिक तयारीमा जुटन निर्देशन दिएका छन् । पार्टीले उम्मेदवारको मापदण्ड तय गरिसकेको बताउँदै सोहीअनुसार उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै उनले आगामी निर्वाचनमा एमालेका उम्मेदवार जसरी पनि विजयी गराउने काममा लाग्नुपर्ने बताए ।

‘चुनावका लागि हाम्रो पार्टी आगामी दिनमा यस देशका लागि, यस देशका जनताको सुरक्षा, हित कसरी गर्न सकिन्छ ? जनतामा रहेको गरिबी, पछौटे पनि र अरू समस्या अभाव यी सबै कुराबाट देशलाई कसरी मुक्त गर्ने ? देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रा, भौगोलिक अखण्डता, राष्ट्रिय हित र राष्ट्रिय हितको गौरव र अभिवृद्धि, सुदृढीकरण र अभिवृद्धि कसरी गर्ने ? यस सम्बन्धमा राजनीतिक प्रणाली हामीले प्रणालीगत हिसाबले लोकतान्त्रिक प्रणाली स्थापना गरेका छौं,’ ओलीले भने ।

निर्वाचनमा एमाले विजयी भएपश्चात् गठन हुने सरकारले गर्ने काम’bout जनतालाई सही तरिकाले जानकारी गराउनुपर्ने उनले बताए । एमालेले जारी गर्ने घोषणापत्र लिएर जनताबीच जानुपर्ने र पार्टीको आगामी योजना के हुन् भने’bout घरघरमा पुगेर जानकारी गराउनुपर्ने ओलीले बताए।

‘हामी आर्थिक क्षेत्रका, राजनीतिक क्षेत्रका, सामाजिक क्षेत्रका विविध क्षेत्रमा अब कस्ता नीतिका साथ अगाडि बढ्दै छौं त ? हाम्रो घोषणापत्रले ती कुरा बोल्नेछ । त्यो घोषणापत्र हामी अहिले तयार गर्दै छौं । अहिले मैले उठाएका यी कुरा घोषणापत्रले भन्छ,’ ओलीले भने ।

एमालेको चुनावी घोषणापत्र, चुनावी घोषणापत्र मात्रै नभई देशको भविष्यको राजनीति, भविष्यको अर्थतन्त्र, भविष्यको सामाजिक जनजीवन, भविष्यको संस्कृति र भविष्यमा नेपालको समग्र अन्य पक्षको सिस्टम नै रहेको दाबी उनको छ ।

‘जनताको जीवनस्तरमा साँच्चै परिवर्तन कसरी ल्याउने ? शिक्षाका क्षेत्रमा हामी के गर्छौं ? स्वास्थ्यका क्षेत्रमा हामी के गर्छौं ? रोजगारीका यत्रा समस्या छन् । जहाँ लाखौं युवा विदेशमा पलायन भइराखेका छन् । यस स्थितिलाई परिमार्जन गरेर देशभित्रै रोजगारीका अवसर र आकर्षक ढंगले रोजगारीका अवसर सिर्जना गर्ने कुरा,’ ओलीले भने ।

प्रश्न सरकारको मात्रै होइन, राज्यका सम्पूर्ण अंग, अवयवलाई क्षतविच्छेद, निकम्मा, पंगु बनाउन खोजिँदै छ बताउँदै उनले सत्तारूढ पाँच दलीय गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त पार्न खोजेको आरोप लगाए ।

‘सिंगो देशलाई, देशको राजनीतिलाई, देशको अर्थतन्त्रलाई ध्वस्त पार्न खोजिँदै छ । यसलाई कसरी हामीले रोक्ने ? देशलाई अद्योगति जानबाट कसरी रोक्ने र कसरी फेरि सकारात्मक बाटोमा फर्काएर उँधो लगाउने ? यसको ग्राफलाई हामीले कसरी माथि चढाउने ? यो त सरकार नभई हुँदैन । त्यसकारण यसपल्ट हामीले भन्ने गरेका छौं नेकपा एमालेले चुनाव जित्नैपर्छ, सरकार बनाउनैपर्छ तर सरकार बनाउन परेको आफ्ना निम्ति होइन, देशका निम्ति हो,’ ओलीले भने ।

१३ भाद्र २०७९, सोमबार ०७:१८ मा प्रकाशित
Nabintech