Play

कांग्रेसमा केन्द्रीय मात्र हैन प्रदेशका पनि चर्चित नेताहरू नै समानुपातिकतर्फबाट सांसद हुन नपाउने

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय मात्र हैन प्रदेशका पनि चर्चित नेताहरू नै समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएपछि त्यसले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई प्रभावित बनाउने देखिएको छ । आफु उम्मेदवार बन्नै नपाउने नियम बनाइएको भन्दै उनीहरुले आफ्नो क्षेत्रका कांग्रेस उम्मेदवारहरलाई असहयोग गर्ने सम्भावना बढेको नेताहरु नै बताउँछन् ।

कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशनसहितको परिपत्र गरेपछि यसले अहिले कांग्रेसमा कलह उत्पन्न गराएको छ ।

महामन्त्री गगन थापाले ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएको दावी गरेका छन् ।

यता, कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

जसअनुसार अहिले मन्त्रीसमेत रहेका प्रदेशका प्रभावशाली नेताहरू नै समानुपातिकबाट सांसद बन्न नपाउने भएका छन् । कांग्रेसबाट ०७४ मा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित ७२ जना नेताहरुले अब दोहोरिएर त्यही व्यवस्थामार्फत् निर्वाचित हुन पाउने छैनन् ।

परिपत्रअनुसार प्रदेश १ मा १३ जना, मधेस प्रदेशमा ११ जना, वाग्मती प्रदेसमा १४ जना, गण्डकी प्रदेसमा ९ जना, लुम्बिनी प्रदेसमा १२ जना, कर्णाली प्रदेसमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ७२ जना नेताले समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्न नपाउने भएका छन् ।

प्रदेशहरुको विवरण यस्प्रकार छ ।

प्रदेश १ मा १३ जना

शेखर चन्द्र थापा

चन्द्र प्रसाद श्रेष्ठ

ज्योती सुब्बा

लिला सुब्बा

लोक प्रसाद संग्रौला

सन्जा कुमारी दनुवार

विध्यानन्द् चौधरी

प्रताप प्रकाश हाङगाम

ओम सरावगी

कल्पना कुमारी सरदार

नवोदिता कुमारी चौधरी

विन्दीया कार्की

शान्ता पौडेल

मधेस प्रदेशमा ११ जना

सरस्वती चौधरी

नरेश कुमार यादव

ओम प्रकाश शर्मा

शिवचन्द्र चौधरी

श्याम परि देवी

आशिया देवी थरूनी

शेष रसीद अली

मंजु कुमारी यादव

गीता कुमारी यादव

शोभा कुमारी लामा

प्रमिला देवी दास

वाग्मती प्रदेसमा १४ जना

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ्ग

न्हुच्छे नारायण श्रेष्ठ

सन्त बहादुर प्रजा

राधा घले

जीवन डंगोल

कल्पना नेपाली

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भिमसेन खत्री

गिता वाग्ले

बिजुला वर्मा

विजया श्रेष्ठ केसी

गण्डकी प्रदेसमा ९ जना

दोवाटे विश्वकर्मा

कुमार खड्का

कोपीला बोहोरा

ओमकला गौतम

मणीभद्र शर्मा कंडेल

मन कुमारी गुरूगं

सरीता गुरुङ्ग

ललितकला गुरुङ्ग

मेखलाल श्रेष्ठ

लुम्बिनी प्रदेसमा १२ जना

भुवनेश्वर चौधरी

रमा अर्याल

निर्मला क्षेत्री

बलदेव शर्मा पेखरेल

अर्जुन कुमार श्रेष्ठ

पुष्पा थरूनी

मो.याकुव अन्सारी

शान्तिदेवी वर्मा सोनार

रून्धावती दुवे शर्मा

रिना नेपाल वि.क.

माला गोतामे सुनार

बिरवहादुर राना

कर्णाली प्रदेसमा ५ जना

अमृता शाही

हिम वहादुर शाही

यज्ञ बहादुर बीसी

दिनवन्धु श्रेष्ठ

झोवा वि.क.

सुदुरपश्चिम प्रदेसमा ८ जना

दीव्यश्वरी शाह

देवराज पाठक

गोविन्द वोहरा

अम्वि कुमारी थापा

कुमारी नन्दा बम

श्याम लाल राना

टेक वहादुर रैका

उमा वादी

१२ भाद्र २०७९, आईतवार १२:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा