Play

कांग्रेसका नेता तथा समाजवादी चिन्तक गिरीको अन्त्यष्टी पशुपति आर्यघाटमा गरिने

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको अन्त्यष्टी आजै गरिने भएको छ ।

उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो

कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९:०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ भने त्यसपछि विहान ११:३० देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।

नेता गीरीकाे शनिबार बेलुका उपचारकाे क्रममा निधन भएकाे थियाे । ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालले जनाएको छ । कांग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

प्रदीप गिरीबारे !

श्रद्धेय नेताको जन्म मिति – १९४७ नोभेम्बर १, सिराहा

अध्ययन – दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर जवहरलाल नेहरु विश्वविद्यालय दिल्लीबाट ।

अनौपचारिक अध्ययनमा त कति कति ……!

कांग्रेसमा आबद्धता -२०१७ साल पिताजी लगायत परिवार नै कांग्रेसमा आबद्ध ।

बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता ।

जेल – करिब ४ वर्ष (२०२५ साल र २०४२ साल गरेर) पद – कांग्रेसको केन्द्रिय सदस्य र पटकपटक सांसद ।

अहिलेसम्म मन्त्री लगायत अन्य लाभको पदमा नरहेका।

स्वभाव – अध्ययन, चिन्तन, मनन गर्दै सधै स्वतन्त्रता र स्वच्छन्दतामा रमाउन चाहने, वीपी कोइराला सग पनि कैयौं कुरामा असहमति जनाउन सक्ने तार्किक र बौद्धिक, गणेशमान र किशुनजी प्रति अत्यन्तै श्रद्धा गर्ने, गिरिजा बाबुसग बहस गर्न रमाउने !

राजनीतिक विसङति र विकृतिबारे सधै चिन्तित !

पुस्तकहरु – लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत उहाँका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन्।

पहिचान – अत्यन्तै सरल, सहज व्यक्ति, गान्धीको अनुयायी, नेपालमा मार्क्सवादको राम्रोसँग व्याख्या गर्न सक्ने प्रमुख व्यक्ति,

कांग्रेस कम्युनिष्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद् र श्रीमद्भागवतगीताको समेत राम्रो जानकारी भएको र व्याख्या गर्न सक्ने बौद्धिक, तार्किक व्यक्ति हुनुहुन्छ ।

धर्म, दर्शन, राजनीति, इतिहास, भूगोल सबै विषयमा राम्रोसँग दखल भएको र कुनै पनि विषयमा घण्टौ सम्म बोल्न र बहस गर्ने क्षमता भएको व्यक्ति !

५ भाद्र २०७९, आईतवार ०७:२६ मा प्रकाशित
Nabintech