Play

निर्मलपोखरीमा बाँझै रहेको सम्झौता विपरीतको ९६ रोपनी जग्गा उपभोग गर्दै कृषकहरु

गुरुकुल खबर


पोखरा , करीब २२ बर्षसम्म बिवादित बन्दै बाँझै रहेको सम्झौता विपरीतको ९६ रोपनी जग्गामा आन्दोलनरत किसानहरुले आज हलो जोतेर आफ्नो जग्गा फिर्ताको माग अघि बढाएका छन् । सम्झौता बिपरित, स्थानीयद्वारा जग्गा फिर्ता वा सेयरको माग, विकासको लोभ देखाएर सस्तोमा जग्गा खरिद गरिए पनि कुनै काम नगरिएको भन्दै स्थानिय किसानहरुले करिब ६ हल गोरु नारेर जोत्न र उपभोग गर्न शुरु गरेका हुन् ।

२०५७ साउन २६ मा कास्कीको तत्कालिन निर्मलपोखरी गाउँ विकास समिति र जापानी नागरिक हिरोसी हिदाइ अध्यक्ष रहेको विन प्राइभेट लिमिटेड काठमाडौं–२९ ज्याठा ठमेलबीच सम्झौता भएको थियो । स्थानीयलाई रोजगारीलगायत विभिन्न विकास निर्माणको प्रलोभन देखाई सर्वसाधारणबाट जग्गा खरिद गर्न उक्त सम्झौता गरिएको थियो । तर उक्त प्रालिले अहिलेसम्म सर्वसाधारणबाट खरिद गरेको ९६ रोपनी जग्गामा कुनै काम अघि बढाएको थिएन ।

परियोजना सञ्चालन नगरे ५ वर्षमा जग्गाधनीलाई नै फिर्ता गर्ने सर्तमा सस्तो मूल्यमा किनिएको जग्गा २२ वर्षसम्म प्रयोगविहीन भएको हो । अन्तर्राष्ट्रियस्तरको विद्यालय, रिसोर्ट र जैविक कृषि फर्म बनाउने सर्तमा स्थानीयले ६० हजार रुपैयाँ प्रतिरोपनीमा बिक्री गरेकोमा जग्गाधनीलाई सेयर सदस्य बनाउने र पाँच वर्षभित्र परियोजना सञ्चालन नभए सम्बन्धित जग्गाधनीलाई उक्त मूल्यमै जग्गा फिर्ता गर्ने सम्झौता थियो किसान र विन कम्पनिमाझ भएको थियो । तर अहिलेसम्म उक्त जग्गामा कुनै काम भएको छैन, न जग्गाधनीले सम्झौताबमोजिम किसानले जग्गा फिर्ता पाए, न भनेजस्तो सेयर नै ।

किसानको पक्षमा आन्दोलन गर्ने भन्दै तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीका स्वकीय सचिव राजेन्द्रप्रसाद आचार्य, इन्द्रमणी आचार्य, अधिवक्ता भूपराज पोखरेल, इन्जिनियर टुकलाल अधिकारीले गरेका थिए । निजहरूले जग्गा जसरी पनि सम्बन्धित किसानकै नाममा फिर्ता ल्याई छाड्ने भन्दै कहिले काठमाडौं त कहिले कहाँ पुग्ने गरेको उनीहरु जग्गा फिर्ता ल्याउने भन्दै दौडधुप गरेका राजेन्द्रप्रसाद आचार्यले नै पछि माओवादी केन्द्र निकटका उद्योगपति कृष्णप्रसाद आचार्यलाई साथमा लिई सम्पुर्ण किसानको जग्गा हडपेर आफ्नो मातहतमा ल्याई वास्तविक किसानहरुलाई मर्कामा पारेको किसान संघर्ष समितिका अध्यक्ष ढाकाराम अधिकारीले भने।

यता संघर्ष समितिलाई साथ दीईरहेको नेपाल कम्युनिस्ट पार्टी( बहुमत ) ले पनि कुनै पनि हालतमा किसानलाई बाईपास गरेर सिमित माफियाको चलखेल मान्य नहुने बताएको छ। किसानको समस्या जायज रहेको भन्दै किसान महासंघका महासचिब सागर अर्यालले किसानहरुलाई ढुक्क रहन आग्रह गर्नुभएको थियो भने किसान आन्दोलनमा आफ्नो भूमिका देखाउदै आएको पोखरा महानगर समितिका इन्चार्ज रबिन्द्र राई र सेक्रेटरी यम भट्टराईले आफुहरु जस्तोसुकै अवस्थामा भएपनि किसानको आन्दोलनमा एकेबद्दता रहेको र परीआएको खण्डमा जस्तोसुकै कदम पनि चाल्न सकिने बताएका थिए।

२ भाद्र २०७९, बिहीबार १८:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा