Play

आम नागरिकमा पनि गगनको छवि विस्तार, अरुलाई मुस्किल छ ‘काठमाडौं ४’ मा

गुरुकुल खबर


काठमाडौं। नेपाली राजनीतिप्रति वितृष्णा जागिरहेका बेला जबरजस्त उदायका नेता हुन् गगन थापा।

आलोचनात्मक चेत भएका र दलभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडि बढेका तिनै थापा कांग्रेसको १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भए। काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका थापा यसअघि स्वास्थ्यमन्त्रीसमेत भइसकेका छन्। आम निर्वाचन आउन तीन महिना मात्र बाँकी छ।

दलहरू चुनावी रणनीति बनाउन रस्साकस्सीमा छन्। तर, थापालाई आफ्नोभन्दा पार्टीको चिन्ता बढी छ। उनी चुनावी रणनीति बनाउन व्यस्त छन्। आफू भने काठमाडौं–४ बाट पुनः विजयी हुनेमा उनी ढुक्क छन्।

निर्विकल्प गगन

गगन काठमाडौं–४ बाट निर्विकल्पजस्तै बन्दै गएका छन्। अघिल्लो चुनावमा एमाले–माओवादीले बाम गठबन्धन गर्दा कांग्रेस तेस्रो दलमा खुम्चिदा गगन लोकप्रिय मतसहित विजयी भएका थिए।

त्यसयता गगनले आफ्नो निर्वाचन क्षेत्रमा सुधारका काम मात्र गरेनन्, स्वास्थ्यमन्त्री भएर काम गरेरै देखाए। यसअघिको निर्वाचनमा एमाले–माओवादी एक (बाम गठबन्धन) हुँदा पनि गगन करिव ३ हजार बढि मतले विजयी भएका थिए।

जबकि त्यतिबेला २०७४ मा भएको स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार कांग्रेस भन्दा एमालेलाई ३ हजार बढी मत प्राप्त भएको थियो। अहिलेको अवस्थामा काठमाडौं ४ मा कांग्रेसको मत परिणामामा सुधार आएको छ। यसअघिको निर्वाचनमा ३ हजार बढि मत कम भएको कांग्रेस अहिले केहि मतमा मात्रै पछाडि छ। यसककारण यो क्षेत्रमा अहिले कांग्रेसको राम्रो पकड छ।

गगन यसअघि पनि प्रतिनिधिसभा सदस्यामा निर्वाचित भए। चुनावजितेपछि उनी आफ्ना एजेण्डामा अडिग रहे। जनताको साथ छाडेनन्। तर, राजन भट्टराई एकपछि अर्काे विवादमा तानिए।

उनी ओली प्रधानमन्त्री भएका बेला सल्लाकार बनेका थिए। ओलीका गलत कदममा उनले सधै साथ दिएका कारण उनलाई आलोचना खेप्नु पर्यो।

काठमाडौं–४ मा गगनको पल्लाभारी

अघिल्लो चुनावमा गगनले एमाले नेता राजन भट्टराईलाई पराजित गरेका थिए। आगामी चुनावमा पनि सम्भवतः यी दुबै नेता आमनेसामने हुनेछन्। काठमाडौं ४ मा सत्ता गठबन्धनको १९ हजार १ सय १५ हुन आउँछ।

एमालेले राप्रपासँग गठबन्धन गर्दा उसको १८ हजार ७ सय ८० मत हुन्छ। जसमा ३ सय ३५ मतान्तर मात्र हुन्छ। यो आम नागरिकसहितको मत हो। आमनागरिकको भोट जहिले पनि एउटै दललाई जाँदैन। गगन शक्तिशाली बनेका र प्रधानमन्त्रीको दौडमा समेत रहेकाले यहाँका मतदाताले सघाउने विश्वास उनीमा छ।

जो प्रतिपक्षीसँग पनि सहकार्य गर्छन्

नेपाली राजनीतिमा एउटा पुरातन सोच छ, प्रतिपक्षीको कामै विरोध गर्ने। तर, गगन त्यस्ता अपवाद हुन्, जो मुलुकका लागि प्रतिपक्षसँग सहकार्य गर्न पछि पर्दैनन्। ०७६ चैतमा मुलुक कोरोना महामारीको चपेटामा पर्दा गगन संकट व्यवस्थापनमा आफै खटिए। उनले तत्कालीन ओली सरकारसँग सहकार्य गरेर महामारी नियन्त्रणमा भूमिका खेले भने अक्सिजन पुर्याउन सहयोग गरे।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट महनगर प्रमुखमा निर्वाचित बालेन शाहसँग थापाले राम्रो सहकार्य गर्दै आएका छन्। उनले दलीय स्वार्थ भन्दा पनि महानगरको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा बालनेसंग सहकार्य गर्ने बचन दिँदै आएका छन्। र, उनले आफ्नो ठाउँबाट सहयोग गर्ने बचन पनि दिएका छन्।

यसले पनि के देखिन्छ भने गगन विकासका लागि राजनीतिक पुर्वाग्रह राख्ने नेता नभएका कारण पनि मतदाताले उनलाई भोट हाल्ने छन्। त्यसकारण पनि दलका उम्मेदवारलाई भोट हालिन्न भन्ने मतदाताले पनि गगनलाई दल भन्दा एक कदममाथि राखेर भोट हाल्ने छन्।

जहिल्यै स्वास्थ्य प्राथमिक्तामा

गगन थापा मुलुकका हरेक विषयमा उत्तिकै चाँसो राख्छन्। उनले लिएका हरेक अडानमा उनी अडिग रहने नेतामा पर्छन्। उसो त यसअघि उनी स्वास्थ्यमन्त्री पनि बने। छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका थापाले लामो समयका लागि स्वास्थ्यमा उल्लेखनिय काम गरेका छन्। जताततै अव्यवस्था र बेथिति चुलिएका बेला मन्त्री बनेका अनुभवहीन थापाले नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा थालेको सुधारले राम्रो नतीजा दियो।

उनी मन्त्री बन्नुअघि सरकारले अस्पताल र स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण गर्ने पटक–पटक घोषणा दोहोरिन्थे तर गगन स्वास्थ्यमन्त्री भएपछि त्यहि बेला गाउँ–गाउँमा औषधि पुगेको थियो। यो लगाएत उनले स्वास्थ्यमा ल्याएको राम्रो सुधारले पनि मतदाता उनलाई विश्वास गर्छन्।

गगन परिकल्पनाको स्वास्थ्य प्रवद्र्धन केन्द्र

देशभरका स्थानीय तहका लागि नमुना बन्नसक्ने यो केन्द्रको गगनले परिकल्पना गरेका थिए। उनी यसका लागि अझै पनि लागि परेका छन्। घरघरमै स्वास्थ्य सेवादेखि नागरिकको स्वास्थ्य प्रोफाइलसम्म बनाउने, सरकारी कार्यक्रम कार्यान्वयनदेखि निःशुल्क औषधि प्रदान गर्ने उनको परिकल्पना रहेकाले पनि नागरिकले गगनलाई पत्याउछन्। उनको क्षेत्रको कुरा गर्ने हो भनेपनि वडा नं. ३० मा यो केन्द्र स्थापना भइ सेवा दिइरहेको छ।

प्रधानमन्त्री बन्ने घोषणा

पार्टीको १४ औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए। त्यसपछि पार्टी राजनीतिमा उनको प्रभाव बढेको छ। गठबन्धनमा आवद्ध दलहरुले पनि गगनको साथ खोज्छन्।

त्यो भन्दा आम नागरिकमा पनि गगनको छवि विस्तार भइरहेकै छ। संसदमा कांग्रेस चिनाउने नेताकारुपमा एक्ला गगन देखिन्छन्। उनले संसदमा जुनसुकै बिषयमा पनि नबोन्ले हो भने कांग्रेस खोई भन्ने खालको आम मानिसलाई लाग्छ। सांसदको रुपमा उनले खेलेको भूमिकाको पनि यथेष्ट प्रशंसा हुने गर्छ।

यो कुरा त चोकचोकका चिया पसलमासमेत चर्चा हुन्छ। त्यसैमा अबको निर्वाचनमा उनी प्रधानमन्त्रीको दाबेदारकारुपमा प्रस्तुत हुने तयारीका साथ निर्वाचनमा होमिने छन्।

नेपालको राज्य सञ्चालनमा उमेर ढल्केका वृद्ध मात्रै हुने गरेको समयमा युवा पुस्ताका गगनले प्रधानमन्त्री बन्ने घोषणा नै गरिसकेपछि उनलाई युवा पुस्ताको अझै साथ देखिने छ।

गगनलाई प्रधानमन्त्रीमा परिक्षण गर्न पनि यसपटक उनलाई यसअघिको भन्दा धेरै मत आउन सक्ने विश्लेषण पनि हुन्छ। उनलाई पार्टीका अर्का महामन्त्री विश्व प्रकाश शर्माको समेत बलियो साथ रहने छ।

उनले गगनलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने कुरा गृह जिल्लामै पुगेर भनिसकेका छन्। यसकारण अन्य पार्टीका मतदाताले पनि थापालाई मत दिने देखिन्छ।

दिनेश न्यौपाने / मुलुक प्रेस

२ भाद्र २०७९, बिहीबार १७:४९ मा प्रकाशित
Nabintech