Play

देउवाको एकलौटी विरुद्ध काठमाडौंमा शेखर पक्षको खबरदारी सभा, सम्मानजनक हिस्सेदारी नभए मान्य नहुने

गुरुकुल खबर


काठमाडौं –  नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एकलौटीविरुद्ध वरिष्ठ नेता डा.शेखर कोइराला पक्षले काठमाडौं खबरदारी सभा गरेको छ । भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् ।

संस्थापन पक्षविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु संस्थापन पक्षविरुद्ध र सभापति देउवा समूहविरुद्ध खनिएका हुन् । उनीहरुले केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएकोप्रति नेताहरुले खेद प्रकट गरेका छन् ।  ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले चेतावनी दिँदै भने, ‘दिने भए न्यायपूर्ण तरिकाले देउ । होइन भने तिमीले नै सबै राख ।’

भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् ।

सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमेत नगरिएको आपत्ति जनाएका थिए । भ्रातृ तथा पार्टीमा मनोनित गर्दा ४० प्रतिशतको हिस्साको हकदार आफूहरु रहेको नेताहरुको दाबी थियो ।

नेविसंघ, तरूण दल र नेपाल महिला संघको अध्यक्ष सभापति देउवाले आफू निकटलाई नियुक्त गरेका छन्। तर कार्यसमिति बनेको छैन। यीलगायत १० भ्रातृ संस्थामा नेतृत्व र पूर्णता दिन माग गर्दै कोइराला पक्षका नेता, कार्यकर्ताहरू संघर्षमा उत्रिएका हुन्। कांग्रेसले गत फागुनमै भ्रातृ संस्थामा नेतृत्व दिन सभापति देउवालाई अधिकार दिएको थियो। तर अझै कतिपय भ्रातृ संस्था नेतृत्वविहीन छन्। समयमा महाधिवेशन गर्न नसकेर अधिकांश भ्रातृ संस्था विघटन भएका थिए।

पार्टीलाई सबैको साझा बनाउनुपर्नेमा सभापति एक्लै हिड्न खोजेको उनीहरुको गुनासो थियो । संस्था र शसक्त कांग्रेस बनाउने पक्षमा हामी पनि छौं । ‘नेतृत्वमा बसेकाले म नै सबैभन्दा जान्ने हुँ । मैले भनेकै सत्य हो, त्यही मान्नुपर्दछ । अधिनायकवादी सोंच नेतृत्वमा छ ।’ नेता केसीले भने ।

सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला सहभागी थिए । साथै नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जगदिश्वर नरसिह केसी पनि उपस्थित थिए ।

१ भाद्र २०७९, बुधबार २१:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा