Play

दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएका ५ जनाको पहिचान

गुरुकुल खबर


दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो।

जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो।

यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

१ भाद्र २०७९, बुधबार २१:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा