Play

पोखरा महानगरपालिका वडा नं–६ बैदाममा “जेष्ठ नागारिक मञ्च” गठन

गुरुकुल खबर


पोखरा,  पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय  जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन ।
सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी, बाटुली पहारी, टिकाराम परियार, जमुना देवी पहारी, गंगा वहादुर भुजेल, कृष्ण कडेल, चाउरे जलारी, कृष्ण बहादुर खडका, लक्ष्मी भुजेल, हरिकला पहारी, नन्द कुमारी श्रेष्ठ, शिबराज आर्चाय र उमा देवी तिमिल्सीना चयन भएका छन ।

यस्तै गरि भेलाले वडा अध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा वडा सदस्यहरु बासु बाराल, दिपेन्द्र पहारी, पबित्रा थापा, शोभाजालारी र वडा सचिब कुलराज पौडेल सहित पत्रकार गणेश पहारी, प्रशुराम पहारी, होमनाथ पहारी, सुर्यनाथ पहारी र लक्षण थापा रहेको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको पोखरा महानगर पालिका वडा नं– ६ वडा सदस्य बासु बरालले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले ‘जेष्ठ नागरिकहरु देशकै गहनाका रुपमा रहेकाले उनिहरुको मान सम्मान र हेरचाहमा सवै लाग्नु पर्ने बताए छन’ ।  जेष्ठ नागरिकहरुलाई गित संगितको माध्यमबाट मनोरञ्जनका दिन र डाक्टर द्धारा स्वास्थ्थ परिक्षण गर्नेका लागि आफुले एक लाख पचास हजार रुपैयाको बजेट विनियोजन गरेको उल्लेख गरे ।

पोखरा महानग पालिका वडा समितिको कार्यलयका वडा नं– ६ का सचिब कुलराज पौडेलले बैदाममा रहेका जेष्ठ नागरिक, आपाङ्घ, आदिबासी जनजाति र दलित गरि करिब १ हजार जति सदस्यहरुले वडा बाट सेवा सुविधा पाएको जानकारी गराए ।

नव निर्वाचित अध्यक्ष गिरिराज अधिकारीले ‘जेष्ठ नागरिकाहरुको हकहितका लागि आफु सदैब प्रयत्नशिल भई लागि रहने बताए’ । जेष्ठ नागरिकले वडा कार्यलयबाट पाउँनु पर्ने सेवा सुविधाका लागि वडा कार्यलय सगँ समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

गणेश पहारी

१ भाद्र २०७९, बुधबार २०:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा