Play

तीन वर्षमा करिव नौ अर्बको हातहतियार नेपाल भित्रियो, दक्षिण कोरियाबाट मात्र झण्डै सात अर्बको ख़रिद

गुरुकुल खबर


काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा करिव ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ अर्ब ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड ९४ लाख ३४ हजार रुपैयाँको ३६ लाख ७४ हजार ८२ थान बम, ग्रिनेड्स, माइन्स, मिसाइल नेपालले आयात गरेको थियो । आर्टिलरी विपन्स, पेस्तोल, सर्टगन, ग्यास गन लगायतका हातहतियार नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा हातहतियारहरु अमेरिका, दक्षिण कोरिया, सुडान, इटाली, भारत, चीन, जर्मनी, फ्रान्स लगायतका देशबाट आउने गरेको छ । गत आर्थिक वर्षमा मात्र नेपालले दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपैयाँको विभिन्न हातहतियार आयात गरेको छ । सोही समयमा चीनबाट ५६ करोड ७७ लाख ४९ हजार रुपैयाँ र भारतबाट ८ करोड ९४ लाख ९३ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्र दक्षिण कोरियाबाट नेपालले ३ अर्ब ९६ करोड ६ लाख ६० हजार रुपैयाँको हातहतियार आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा दक्षिण कोरियाबाट नै १ अर्ब ४० करोड ४६ लाख ८० हजार रुपैयाँको विभिन्न हातहतियार नेपालले आयात गरेको थियो ।

पछिल्लो तीन वर्षमा नेपालले सबैभन्दा बढी हातहतियार दक्षिण कोरियाबाट खरिद गरेको देखिन्छ । उक्त अवधिमा नेपालले दक्षिण कोरियाबाट ६ अर्ब ५८ करोड २३ लाख ४० हजार रुपैयाँको हातहतियार आयात गरेको छ । दक्षिण कोरियापछि चीन र भारतबाट नेपालमा ठूलो मात्रामा हातहतियार आउने गरेको छ ।

१ भाद्र २०७९, बुधबार १२:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा