Play

चुनाव चिन्ह,घोषणापत्र र उम्मेदवार सबै साझा बनाउछौँ , एकता भने चुनाव पछि- प्रचण्ड

गुरुकुल खबर


काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकताका लागि तयारी भइरहेको बताएका छन्। यसका लागि संयोजन समिति बनाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै प्रचण्डले यस्तो बताएका हुन्। पार्टी एकतापछि हुने पार्टीको नाम ‘नेकपा’ हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।

‘हामी अरु पनि वामपन्थीहरूसँग जस्तो माधव नेपालजीहरूसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ। नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ। चुनाव अघि त केही पनि हुँदैन,’ प्रचण्डले भने, ‘चुनावपछि नाममा चाँहि नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ। नेकपा राख्ने भन्नेमा भने सहमति भइसक्यो।’

वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउँ उभिने कुराको ठूलो अर्थ र महत्त्व रहेको प्रचण्डको ठहर छ। ‘अहिले वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्त्व छ। हामी उभियौँ अब। अब कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘यद्यपि, आजै पार्टी एकता भएको होइन। चुनावपछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौँ। अहिले चुनाव चिन्ह, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ।’

३१ श्रावण २०७९, मंगलवार २०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा