Play

विवेकशील साझा पार्टीको अध्यक्षमा बाँस्कोटा चयन, मिश्रको राजीनामा स्वीकृत

गुरुकुल खबर


काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रको राजीनामा स्वीकृत भएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको हो।

यससँगै पार्टीले समीक्षा बाँस्कोटालाई अध्यक्ष चयन गरेको छ भने सञ्‍जिव भट्टराईलाई संयोजक चयन गरेको नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन्। स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन नसकेको भन्दै मिश्रले जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

बास्कोटा यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार हुन्। उनले ६४७ मत मात्रै ल्याएकी थिइन्।

मिश्रले यसअघि राजीनामा दिँदै भनेका थिए, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।’

मिश्रले पार्टीको साधारण सदस्य रहिरहने बताए पनि पछिल्लो समय भने राजतन्त्रको वकालत गर्दै आएका छन् भने राजेन्द्र लिङ्देनको पार्टी प्रवेशका लागि छलफल गरिरहेका छन्।

विवेशील साझाले वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा जित हात पारेको थियो।

२९ श्रावण २०७९, आईतवार २०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा