तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राम्रा कामको जस नदिने तर बिग्रे भत्केको दोष डा. महतकै टाउकोमा थोपर्ने प्रवृत्ति हावी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन १५ मा प्रकाशित
in राजनीति, बाग्मती प्रदेश, व्यक्ति/संस्था, समाचार
राम्रा कामको जस नदिने तर बिग्रे भत्केको दोष डा. महतकै टाउकोमा थोपर्ने प्रवृत्ति हावी
29
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतमाथी नियोजित प्रहारको शृंखला जारी छ । हक्की एवं स्पष्ट स्वभावका महत कांग्रेस र त्यसभित्र पनि संस्थापन समुहका महत्वपूर्ण हस्ती हुन् । पार्टी संगठन मजबुद बनाउन सभापतिलाई बलियो बनाउनु पर्छ भन्ने मान्यतामा महत दृढ देखिन्छन् । राष्ट्रिय महत्वका मुद्धाहरुमा पार्टीभित्र छलफल र बहसले व्यापकता पाउनु पर्दछ तर पार्टीले गरेको निर्णय कार्यान्वयनमा सबै एकजुट हुनुपर्दछ भन्ने डा. महतको लाइन रहेको छ ।

पार्टीको निर्णय तथा सभापति शेरबहादुर देउवा उपर विभिन्न टिकाटिप्पणी गर्ने र हिरोइजमको राजनीतिमा रमाउने चरित्र डा. महतले कहिल्यै देखाएको पाइदैन । पार्टी निर्णयको बचाउ तथा संगठन निर्माणमा महत अहोरात्र खटिरहेको पाइन्छ । यति हुँदाहुँदै पनि संस्थापनभित्रै राम्रा कामको जस चाहि नदिने तर बिग्रे भत्केको दोष डा. महतकै टाउकोमा थोपर्ने प्रवृत्ति हावी छ । इतर समुहको निसानामा त उनी छदैछन् ।

पछिल्लोपटक नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनमा प्रवक्ता महतको भूमिका र संस्थापन समुहको हारको बिषयलाई लिएर भ्रामक र कपोलकल्पित आरोप लगाउने काम भइरहेको पाइन्छ । वास्तवमा नौ बर्षदेखि हुन नसकेको महाधिबेशन सफलताका साथ सम्पन्न गराउन महतले खेलेको सकारात्मक भूमिका कतै छिपेको छैन । तर त्यसलाई पुरै ओझेलमा पार्ने गरि नियतबस भइरहेको प्रहार किन र केका लागि ? अनि युनियनमा संस्थापन पक्षको हारमा क–कस्को के भूमिका थियो भन्ने बिषय छर्लङ्गै हुँदा पनि महततिर चोर औला ठड्याउनुको अर्थ के ?

अरु धेरै निराधार बिषयहरुमा डा. महतमाथी लगाइएका कपोलकल्पित आरोपहरु पार्टी भित्रकै धेरै कोणहरुबाट अभिप्रेरित, हाँस्यास्पद र निर्लज्ज छन् । यो शृंखला सबैको बिश्लेषणको विषय बनेको छ । राजनीतिक योगदान र क्षमताको आधारमा तुलना गर्ने हो भने पनि महतले पार्टीबाट प्राप्त गरेको अवसर ज्यादै न्यून देखिन्छ । लामो समय नेविसंघको राजनीतिमा सक्रिय डा. महतले २०४६ सालको परिवर्तन लगत्तै फूल व्राइट स्कलरसिप प्राप्त गरेर अमेरिकामा पढ्ने अवसर पाए । अर्थशास्त्रमा पीएचडी गरेपछि महत २०५५ सालमा नेपाल फर्किएका हुन् ।

त्यस लगत्तै महत पुन राजनीतिमा होमिए । नुवाकोटमा कांग्रेसको संगठन विस्तारमा अहोरात्र खटे पनि महतलाई सांसदको टिकट भने दिइएन । वास्तवमा डा. महत राजनीतिक षडयन्त्र र नेतृत्वको कोपभाजनमा परेका नेता हुन् । जसको शृंखला आज पनि जारी छ । तर राजनीतिमा उनको सक्रियतामा कहिल्यै कमी आएन ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा आफ्नै समुहभित्रको अन्तर्घातका कारण महत महामन्त्रीमा पराजित भए । २०७४ सालको आम चुनावमा काठमाडौं ५ बाट उम्मेदवार बनेका डा. महतले सफलता भने प्राप्त गर्न सकेनन् । स्कुल पढ्दादेखि नै राजनीतिमा सक्रिय महत २०२९ सालको विद्यार्थी आन्दोलनमै पक्राउ परेका नेता हुन् । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बि.पी. कोइराला नेपाल फर्कदा महत महाराजगञ्ज कलेजमा नेविसङ्घको इकाई सभापति थिए ।

त्यसबेला उनी कलेज बन्द गरेरै बीपी कोइरालालाई स्वागत गर्न गए । ३५-३६ सालको विद्यार्थी आन्दोलनका क्रममा महत ६ महिना जेल परे । ३५ सालमै नेविसंघको केन्द्रीय नेतृत्वमा पुगेका डा. महत २०३९ सालमा नेविसंघको केन्द्रीय महामन्त्री बने । २०४६ सालको आन्दोलनमा डा. महत सात सदस्यीय आन्दोलन संचालन समितिको सदस्य थिए ।

२०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला माओवादी समस्या समाधान गर्न शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको उच्चस्तरीय आयोगमा महतले सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । वार्ताबाटै माओवादी समस्या समाधानको पहल थाल्नुपर्ने दस्तावेज तयार गर्न महतको महत्वपूर्ण भूमिका रह्यो ।

२०५८ सालमा महत प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकार बने । राष्ट्रिय योजना आयोगको सदस्य भए । माओवादी जनयुद्धको शान्तिपूर्ण रुपान्तरण प्रक्रियामा महतको भूमिका महत्वपूर्ण रह्यो । त्यसपछि महत अन्तरिम व्यवस्थापिका संसदको सदस्य भए । माधव नेपाल नेतृत्वको सरकारमा महत उर्जामन्त्री भए ।

उर्जामन्त्री हुँदा अपर तामाकोशी परियोजना अगाडी बढाउने कामदेखि ढल्केबर मुजफपुर ट्रान्समिशन लाइन निर्माण र लोडसेडिङ हटाउन महतले धेरै काम गरे । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकलाई एकीकरण गर्न बनेको समितिमा सदस्यको रुपमा रहेर पार्टी एकतालाई निश्कर्षमा पुर्याउन महतको महत्वपूर्ण योगदान रह्यो । संविधानसभाको सदस्यका रुपमा संविधान मस्यौदा समितिमा बसेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा महतको महत्वपूर्ण भूमिका रहेको छ । संविधान निर्माणपछि डा. महत प्रचण्डको नेतृत्वमा बनेको सरकारको परराष्ट्रमन्त्री भए ।

चीनसँगको बिआरआई सम्झौता र भारतसँग द्धिपक्षीय हितका विविध विषयमा समजदारी निर्माणमा महतको महत्वपूर्ण पहल रह्यो । उर्जामन्त्री र परराष्ट्रमन्त्रीका रुपमा महतले राष्ट्रको हित र जनताको पक्षमा गरेका निर्णयहरु अविश्मरणीय रहेका छन् । कोरोना महामारीबाट उत्पन्न संकटका बेला नेपाली कांग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिको संयोजकका रुपमा महतले संक्रमितको उपचार, औषधि, खोप र अनियमितताका बिषयमा सरकारलाई निरन्तर खबरदारी गरेका थिए । तर यी सबै तथ्यहरु ओझेलमा पार्ने र महतको चरित्र हत्या गर्ने षडयन्त्र चलिनै रहेको छ । नेपाली कांग्रसमा केन्द्रीय सदस्य र सहमहामन्त्रीको भूमिकामा रहेर संगठन निर्माणमा अहोरात्र खटिएका नेता महतमाथी लाञ्छना र प्रतिशोधका शृंखला निरन्तर कायम छ ।

कराउने कराउँदै गर्छ, हात्ती लम्किदैछ भनेझै कांग्रेसलाई बलियो बनाउन सहमति, सहकार्य र एकताका आधारमा मिलेर अगाडि बढ्नुपर्ने मान्यता सहित प्रवक्ताको भूमिकामा पार्टीलाई आधुनिकता तर्फ लैजान सूचना प्रविधिको प्रयोग गर्ने, पार्टीका निर्णयहरुलाई जनतामाझ पुर्याउने र जनताका आवाज अनुरुप पार्टीलाई रुपान्तरण गर्दै लैजाने एवं प्रचार संयन्त्रलाई चुस्त र दुरुस्त पार्ने काममा डा. महत निरन्तर लागिपरेको पाइन्छ । यति हुँदाहुँदै पनि प्रवक्ता महतमाथि निरन्तर प्रहार किन भइरहेको छ ? यस पछाडिको शक्ति र नियतको खोजी हुनुपर्ने राजनीतिकवृतमा चर्चा छ ।

  • कुमार राउत

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.