Play

उपसभामुखका लागि दुईजनाको उम्मेदवारी, कांग्रेसकी पुष्पा र एमालेकी विद्याबीच प्रतिस्पर्धा हुने

गुरुकुल खबर


काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्। अब भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ।

आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागि मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ। हिजो बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।

३१ असार २०७९, शुक्रबार ०९:३७ मा प्रकाशित
Nabintech