तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न आवश्यक

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार १३ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, Breaking News, बाग्मती प्रदेश, मेरो शिक्षा, समाचार
शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न आवश्यक
31
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, (रासस) : विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् ।

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वल्र्ड स्कुलको सहकार्यमा आज आयोजित ‘सार्वजनिक निजी साझेदारीमार्फत विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका’ विषयक गोष्ठीमा सार्वजनिक र निजी क्षेत्रका विद्यालयका शिक्षण पद्धतिका असल अभ्यास, पूर्वाधार लगानी र अनुभव आदानप्रदानलाई एकापसमा बाँड्न सुझाइएको हो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले शिक्षालगायत विभिन्त्र क्षेत्रका कानुनमा देखिएका अन्तरविरोधहरूका कारण स्थानीय तहले पर्याप्त काम गर्न नसकेको जनाउँदै शिक्षा क्षेत्रमा निजी क्षेत्रले दिएको योगदानलाई कदर गर्दै त्यहाँका सकारात्मक सन्देशहरु सामुदायिक विद्यालयले ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षकले स्थानीय सरकारसँग सहजरुपमा काम नगरेको सन्दर्भमा शैक्षिक गुणस्तर कायम गर्नु चुनौतीपूर्ण भएको बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सामुदाायिक र निजी विद्यालयका शिक्षाबीच अन्तर भएको र निजी विद्यालयमा पढ्नेको मनोबल उच्च हुने प्रवृत्ति देखिएको जनाउँदै सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय तहले परिचालन गर्दा भनसुनसमेत लाग्ने र शिक्षक कस्ता छन् भन्ने आधारमा शैक्षिक गुणस्तरमा प्रभाव पार्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले आगामी दिनको मानसिकरुपमा सहज र संवेगका रुपमा स्थिर प्रकारका शिक्षक आवश्यक पर्ने जनाउँदै सरकारले कोभिड–१९ पछिको अवधिमा सिकाइ पुनस्थापनाका कार्यक्रमहरू लागू चरणमा काम भइरहेको जानकारी दिनुभयो । डा लम्सालले क्षेत्रगतरुपमा फरक फरक शिक्षण पद्धति र सार्वजनिक निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गुणस्तरीय शिक्षाको प्राप्तिका लागि सम्बद्ध पक्ष र स्थानीय सरकारका प्रतिनिधिले आफ्नो सोचमा परिवर्तन गरेर सहकार्य बढाएर काम गर्न सकेमा रुपान्तरण सम्भव भएको बताउँदै भौगोलिक अवस्थाका आधारमा फरक फरकरुपमा सरकार, नागरिक समाज र निजी क्षेत्रको सहकार्यमा सुशासनको लक्ष्यसहित सार्वजनिक निजी साझेदारी गर्न सकिने बताउनुभयो ।

विभिन्न सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु सहभागी कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलल शिक्षाको सुधारबाटै मुलुकको विकास गर्न सकिने भएकाले सामुदायिक र निजी विद्यालयका राम्रा राम्रा अभ्यास र सोचलाई स्थानीय सरकारले अन्य विद्यालयमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले सिकाइमा विविध क्षमता भएका हरेक विद्यार्थीलाई उनीहरुको रुचिअनुसार शिक्षा दिएर विश्व जगत्मा प्रतिस्पर्धी हुन सक्ने जनशक्ति तयार गर्न सहकार्य आवश्यक भएको बताउनुभयो भने नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकालाई घोकाएर मात्रै प्रतिभावन् बनाउन सकिन्छ भन्ने सोच गलत भएकाले राज्यबाट शिक्षालाई उच्च प्राथमिकता नदिइँदा सुधार हुन नसकेको औँल्याउनुभयो ।

भण्डारीले सामुदायिक विद्यालयमा शिक्षबहरुलाई तलब खुवाउन अपुग रकम विद्यार्थीसँग शुल्क लिइनुलाई पनि सार्वजनिक निजी साझेदारीकै एक रुप भएको जनाउनुभयो ।

नेपाल शिक्षक महासङ्घ अध्यक्ष कमला तुलाधरले मुलुकका एकै खालको शिक्षा आवश्यक छ भन्ने सन्देश दिन सहकार्यमा जोड दिनुभयो । उहाँले विद्यालयमा बालबालिका सुरक्षित हुनुपर्नेमा जोड दिँदै यौन दुव्र्यहारमा संलग्न शिक्षकलाई कारबाही गर्न माग गर्दै निजी विद्यालयका शिक्षकले पनि सामुदायिक शिक्षकले सरह सुविधा पाउनुपर्ने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका सहायक डिन सहप्राध्यापक डा धनपति सुवेदीले विश्वविद्यालयले बालबालिकाहरु विद्यालयमा पुगेपछि स्वतन्त्रतापूर्वक सिक्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने भन्दै विश्वविद्यालयले शैक्षिक रुपान्तरणका लागि मौलिक प्रकारका बहस कार्यक्रमलाई निरन्तरता दिएर शैक्षिक रुपान्तरणमा सहयोग गर्ने जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयसँग साझेदारी गर्दै आएको रातो बङ्गला स्कुलका संस्थापक डा शान्ता दीक्षितले सिकाइमा रुपान्तरणका लागि स्थानीय तहले योजनाबद्धरुपमा काम गर्न सुझाउनुभयो । इम्पेरियल वल्र्ड स्कुलकी प्रिन्सिपल जुनिता शाहीले गुणस्तरीय शिक्षाका लागि यस प्रकारको बहसको निरन्तरतामा जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनअन्तर्गत नेतृत्व विषयमा दर्शनाचार्य अध्ययनरत शिव अर्याल, ज्योति सिंह, नीलकेश्वरी महर्जन र निलमकुमार श्रेष्ठले घोषित विषयमा प्रस्तुतीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत विद्यालय शिक्षामा सिकाइ रुपान्तरणमा स्थानीय सरकार, प्रधानाध्यापक र शिक्षकको सक्रियता र सहकार्यमा विश्वका सफल अभ्यासलाई आत्मसात् गरेर अघि बढ्न सकिने बताउनुभयो ।

उहाँहरूले गुणस्तरीय शिक्षाका लागि सरकारले अनुदान दिन, सिकाइ वातावरणमा सुधार्न, निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्न, वैज्ञानिक शुल्क व्यवस्थापनलगायत ढाँचामा जान सकिने सुझाउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.