Play

पोखरा महानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा देवकृष्ण पराजुली विजयी

गुरुकुल खबर


पोखरा ३ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काग्रेसका युवा नेता देवकृष्ण पराजुली विजयी बनेका छन् ।

उनले नेकपा एमालेका मदन मुल्मीलाई पराजित गरेका हुन् । विजयी पराजुलीले ८ सय २० मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी मुल्मीले ७ सय ५४ मत प्राप्त गरेका थिए । पराजुलीको प्यानलले नै जीत हात पारेका छन् ।

कुल मतदाता संख्या दुई हजार एक सय ५० रहेको वडा नं ४ मा जम्मा एक हजार सात सय ४२ मत खसेको थियो ।

३ जेष्ठ २०७९, मंगलवार ०६:५५ मा प्रकाशित
Nabintech