Play

पोखरा महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा प्रकाशमान उदास विजयी

गुरुकुल खबर


पोखरा ३ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाशमान उदास विजयी बनेका छन् ।

उनले नेकपा एमालेका विष्णुमान खुवाजुलाई भारी मतले हराएर विजयी बनेका हुन् । विजयी उदासले १ हजार १ सय २४ मत प्राप्त गरेका थिए भने एमालेका खुवाजुले जम्मा ६ सय ६९ मत प्राप्त गरेका थिए । उदासको प्यानलले नै जीत हात पारेका हुन् ।

तीन हजार एक सय १९ मतदाता रहेको वडा नं ३ मा दुई हजार एक सय ५० जनाले मतदान गरेका थिए ।

३ जेष्ठ २०७९, मंगलवार ०६:५१ मा प्रकाशित
Nabintech