Play

पोखरा महानगरपालिका वडा नम्बर २३ मा काँग्रेसका रामकाजी गुरुङ विजयी

गुरुकुल खबर


पोखरा २ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ विजयी भएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका गुरुङले नेकपा एमालेका शिवलाल पराजुलीलाई पराजित गरेका हुन् । गुरुङले पराजुलीलाई एक सय १२ मतान्तरणले पराजित गरेका हुन् । विजयी गुरुङले एक हजार ४ सय ८५ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी पराजुलीले एक हजार ३ सय ७३ मत प्राप्त गरेका थिए ।
सदस्यमा नेकपा एमाले र काग्रेस पार्टीका उम्मेदवारले जित हात पारेका छन् ।

कुल मतदाता संख्या चार हजार ६ सय ८६ रहेको वडा नं २३ मा तीन हजार एक सय २० मत खसेको थियो ।

२ जेष्ठ २०७९, सोमबार २०:४३ मा प्रकाशित
Nabintech