तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१७ पालिकाको नतिजा एमाले-कांग्रेस बरावरी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ १ मा प्रकाशित
in Breaking News, समाचार
१७ पालिकाको नतिजा  एमाले-कांग्रेस बरावरी
27
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,जेठ १ । आइतबार बिहानसम्म देशभरका १७ पालिकाको मतपरिणाम आएको छ । परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६–६ पालिकामा जित हात पारेका छन् ।
नेकपा माओवादी केन्द्रले तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ । मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्।

एमाले

शे–फोक्सुन्डो
डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध हुनुभएको छ।

यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन।

गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुनुहुन्छ ।उहाँले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताउनुभयो ।

गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन्।

गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ।

वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ।

चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित हुनुभएको छ। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गर्नुभएको हो ।

लो–घेकर दामोदरकुण्ड
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गर्नुएको छ ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाउनुभएको छ। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी हुनुभयो।

०७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जित्नुभएको थियो। उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन्।
२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभएको छ।

ङिस्याङ
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी हुनुभएको हो । कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाउनुभयो । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी हुनुभएको छ। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाउनुभयो ।
वारागुङ मुक्तिक्षेत्र
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ।

एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी हुनुभएको हो अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याउनुभएको छ ।
उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी हुनुभएको छ। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याउनुभएको छ । गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्।

शे–फोक्सुन्डो
त्यस्तै एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकमा धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेस

मनाङको नार्पाभूमि
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ । उहाँ १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो । उहाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाउनुभएको छ ।

खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित हुनुभएको हो । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो। त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो।

मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी हुनुभएको छ । लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याउनुभएको हो ।
२०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी हुनुभएको थियो ।
उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी हुनुभएको छ । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत प्राप्त गर्नुभएको छ ।
मनाङको नासोँ
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित हुनुभएको हो। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याउनुभयो ।
गुल्मीदरबार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी हुनुभएको छ ।
थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६०२ मत पाउनुभयो ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित हुनुभएको छ ।
रेसुङ्गा
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत पाउनुभयो ।
यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी हुनुभयो ।

गन्यापधुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउवा विजयी हुनुभएको हो ।

नेपाली कांग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीलाई पराजित गर्दै कार्की अध्यक्षमा विजयी हुनुभएको छ ।

सहायक निर्वाचन अधिकृत दिलिप तामाङका अनुसार कार्कीले ३ हजार १८४ मत पाउनुभयो । उहाँका प्रतिद्वन्द्वी मालीले १ हजार ६०५ मत पाउनुभयो ।

नेकपा एमालेका इन्द्रबहादुर महरालाई पराजित गर्दै कांग्रेसकी सेठी उपाध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ३ हजार १३ मत ल्याउँदा महराले १ हजार ७०३ मत पाउनुभयो ।
गन्यापधुरा वडा नम्बर १ मा कांग्रेस बीपीका नरेश भण्डारी, २ मा कांग्रेसका मनोज देउवा, ३ मा चक्रबहादुर देउवा, ४ मा नरेश भट्ट र ५ मा चन्द्रप्रकाश रोस्यारा वडाध्यक्षमा विजयी भएका तामाङले जानकारी दिए।

माओवादी केन्द्र

जगदुल्ला
यो निर्वाचनमा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पहिलो जीत निकालेको हो डोल्पाबाट।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकाबाट विजयी सुरुवात गरेको थियो।

उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको हो।

आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी हुनुभएको छ ।
यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याउँदै पराजित हुनुभयो ।
यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी हुनुभयो । पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत पाउनुभयो ।

जगदुल्लामा काङ्ग्रेस एमाले– समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एक्लै लडेको थियो।

यसैगरी उक्त पालिकामा माओवादी केन्द्रले ४, ५ र ६ गरी ३ वडा अध्यक्ष पनि जितेको छ।

नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ।

एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ ।

सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत पाउनुभयो ।
पाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी हुनुभएको छ।
दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो।
दैलेखमा माओवादीले कुनै चुनाव जित्न सकेको थिएन। यसअघि वडाअध्यक्षसमेत नजितेको माओवादीले समाजवादीसँगको तालमेलपछि पहिलो पटक परिणाम आफ्नो पक्षमा पारेको छ।

अपिहिमाल
दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी हुनुभएको छ ।

एकीकृत समाजवादी

काइके
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध हुनुभएको थियो । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध हुनुएको थियो । २०७४ मा उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

छर्का ताङसोङ

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध हुनुभएको थियो । २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बन्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.