Play

पोखरा महानगरपालिकाको मतगणना २ बजेबाट हुने

गुरुकुल खबर


पोखरा, ३१बैशाख । पोखरा महानगरपालिकाको मतगणना २ बजेबाट हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले दिनको २ बजेबाट मतगणना गर्ने निर्यण गरेको हो ।

बैठकले साढे १२ बजेसम्म प्रतिनिधि पठाउनु पर्ने, प्रतिनिधिहरुको नाम र फोटो १ बजेसम्म उपलब्ध गराउनु पर्ने र साढे १ बजेसम्म वडा अनुसारको मतपेटिका मिलाउने निर्णय गरेको छ । सबै तयारी सकिएपछि २ बजेबाट मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ । जिल्ला समन्वय समितिको कार्यालय र उपत्यका नगर विकास समितिमा गरि दुई स्थानका आठ ठाउँबाट गणना हुने भएको छ

हिजो सम्पन्न स्थानीय तह निर्वाचनमा पोखरामा करिब ६९ प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजारले मतदान गरेका हुन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो ।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

३१ बैशाख २०७९, शनिबार १२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा