Play

बुटवलमा एमाले उम्मेदवारकी श्रीमती सुकुम्बासी टोलमा पुगेपछि नाराबाजी

गुरुकुल खबर


२८ वैशाख, बुटवल । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीय कांग्रेस कार्यकर्ता र नाराबाजी गरेका छन् ।

भट्टराई बुटवल उपमहानगरपालिका–११ मजुवाको को सुकुम्बासी वस्तीमा पुगेपछि मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको हो । बुधबार दिउँसो प्रहरी पुगेपछि प्रहरीले उनलाई स्थानीय सिर्जना भूसालको घरमा फेला पारेको थियो ।
मजुवा टोलस्थित सिर्जना भूसालको छिमेकीको घरमा अन्य तीनजना महिलासहित पुगेकी भट्टराई कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि सिर्जनाको घरमा बसेकी थिइन् ।
‘एमालेले विगतमा पनि सुकुम्बासी वस्तीमा पैसा बाँडेर चुनाव जितेको हो, हामीले यसपालि त्यो रोक्न निगरानी गर्दै थियौं त्यही बेला शंकास्पद अवस्थामा भेटेका हौं’ मल्लले भने । कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि भट्टराई लुकेर बसेको मल्लले बताए । ‘घटना शंकास्पद थिएन भने लुकेर बस्नुपर्ने अवस्था किन आयो ?’

एमाले बुटवल–११ का अध्यक्ष दिनानाथ भट्टराईले भने उम्मेदवारकी पत्नी भट्टराई आफन्त भेट्न आएको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले भट्टराईको खानतलासी गर्दा पैसा नभेटिएको बताए । मौन अवधिमा सुकुम्बासी बस्तीमा गएको विषयमा भट्टराईलाई सचेत गराएर छाडिएको उनले बताए ।

माया भट्टराईले भने भारतमा हालै क्यान्सर उपचार गराएर आएका बुटवल-११ माझगाउँ निवासी महेन्द्र अर्यालकी श्रीमती लीला अर्याललाई भेट्न गएको बताएकी छन् ।

२८ बैशाख २०७९, बुधबार १९:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा