तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने मेयर र उपमेयरका उम्मेदवारको प्रतिबद्धता

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २७ मा प्रकाशित
in समाचार, Breaking News, गण्डकी प्रदेश, राजनीति, विशेष
ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने मेयर र उपमेयरका उम्मेदवारको प्रतिबद्धता
29
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २७ वैशाख । गठबन्धन दलका मेयरका साझा उम्मेदवार धनराज आचार्यले ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार आचार्यले व्यवस्थापनमा पटक पटक भईरहको विवाद बारे बोल्दै ल्याडफिल्ड साइडको समस्या तत्काल समाधान गर्ने समेत बताए । अन्तराष्टिय विमानस्थल शिघ्र संचालनकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।

पोखरा महानगर वडा नं १४ मा गठबन्धन दलद्धारा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार आचार्यले कृषि, सिंचाई र सडक निर्माण गरी वडा नं १४ लाई नमुना वडाको रुपमा विकास गर्ने बताएका हुन् । आचार्यले विजयपुर र भरतपोखरीबाट बाटो निर्माण गरी वडा नं २७ र वडा नं ३३को केन्द्रविन्दु वडा नं १४ लाई बनाउने प्रतिबद्धता समेत जनाए ।

उपमेयरका उम्मेदवार कोपिला रानाभाटले वडाको विकास र सुशासन वडाबासीको मुख्य सपना हुने बताउँदै त्यो सपना पुरा गर्नु आफ्नो पहिलो दायित्व हुने प्रतिबद्धता जनाईन् । वडा नं १४ मा भएको भएको सार्वजनिक जग्गालाई पार्क निर्माण गरी पर्यटकीय हवको रुपमा विकास गराउन सकिने बताउँदै त्यसका लागि आफुले जीत पछि पहल गर्ने बताईन् ।

वर्षातको समयमा हुने डुवानको विषयमा बोल्दै उम्मेदवार रानाभाटले महिला तथा बालबालिकाको सवालमा आफु गम्भीर रहेको बताउँदै महानगरलाई महिलामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सुशासन र महानगरको विकासका लागि गठबन्धन दलमा मात्र उत्कृष्ठ उम्मेदवार भएको दावी गर्दै अमुल्य मतकालागि सबैसंग आग्रह गरे । पोखरा महानगरमा उ्रत्कृष्ठ नेतृत्व छान्ने जिम्मा मतदातालाई भएको स्पष्ट पार्दै महानगर र वडाहरुमा गठबन्धन दललाई नै भोट दिन अनुरोध गरे ।

कार्यक्रममा पुर्वमन्त्री एवम काँग्रेस नेता यज्ञबहादुर थापा, माओवादी केन्द्र नेता दिपक कोइराला, नेकपा एसका पोलिट्व्युरो सदस्य श्रीनाथ बराल, खानेपानी आयोगका पुर्व केन्द्रीय अध्यक्ष खड्गबहादुर विश्वकर्मा, नेपाल तरुण दल कास्की वडा नं १४ का सभापति शैलेस बानियां लगायतले विकास र सुशासनकालागि गठबन्धन दललाई भोट दिन आग्रह गरेका थिए । नेपाली काँग्रेस वडा नं १४  का इकाई सभापति दिवस कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा एस वडा नं१४ का अ्रध्यक्ष एलबी घोतानेले गरेका थिए ।

यसैबीच मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा महानगर वडा नं १३ को चुनावी सभामा बोल्दै पोखरालाई सुविधा सम्पन्न र आधुनिक सहर बनाउने बताएका छन् । पोखरा उनले भने, ‘पोखरा महानगरलाई अहिलेसम्मका नेतृत्व बिग्रर्नसम्म बिगारे । अब हामी थप बिग्रन दिँदैनौं ।’

महानगरसँग कस्ता घर बनाउने, कस्तो सडक चाहिने, जग्गाको उपयोग कसरी गर्ने भन्ने मापदण्ड नरहेको दाबी गर्दै उनले नेतृत्वले दूरदृष्टि पु¥याउन नसक्दा महानगर कुरुप भएको दाबी गरे । यहाँका ६० प्रतिशत भन्दा बढीले सम्पन्नता प्रमाणपत्र नलिएको उल्लेख गर्दै त्यसबाट गुमेको ठूलो राजस्व लिने वातावरण बनाइने उल्लेख गरे ।

गठबन्धनकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले नेतृत्वमा सहर बनाउने दृष्टिकोण नहुँदा पोखरा कुरुप बन्दै गएको बताइन् । उनले पोखरा १३ को आर्वाको महाप्रभुधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा गर्ने सुनाइन् । विजयपुर खोला र घट्टे खोलामा तटबन्ध गरी कृषि उत्पादन बढाउने, कमलपोखरी ताललाई थप व्यवस्थापन गर्न आवश्यक पूर्वाधार बनाउने उनले आश्वासन दिइन् ।

पोखरा महानगरका तालहरुको संरक्षण, भूउपयोगको नीति, सेती नदी संरक्षण, सडक स्तरोन्नति, खुला बिजुली तार व्यवस्थापन, ट्राफिक व्यवस्थापन, एकै ठाँउबाट सबै सेवा दिएर महानगरको मुहार फेर्ने गठबन्धनको प्रतिवद्धता छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.