Play

वडा नं १३ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका बरालद्धारा उम्मेदवारी फिर्ता

गुरुकुल खबर


पोखरा २१ । स्थानीय निर्वाचनमा पोखरा महानगरापलिका वडा नं १३ बाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद बरालले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली काँग्रेसको हितका लागि उम्मेदवारी फिर्ता लिएको बुधबार बरालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपाली काँग्रेस क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारी वितरणमा प्रजातान्त्रिक चरित्र र मान्यता अनुरुप आवश्यक प्रक्रिया पुरा नगरी उम्मेदवारी घोषणा गरिएकोले त्यसको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका बरालले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

‘काँग्रेसभित्र प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कारको स्थापना गर्ने कार्यमा दबाब सिर्जना गर्न मैले स्वतन्त्र उम्मेदवारी दिएका थिए’ बरालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘लामो समयदेखि संलग्न पार्टीमा म मात्र खुशी भएर हुदैन, नेता र कार्यकर्ताहरु सबै खुशी हुनु आवश्यक छ यसैले पनि सबैको हित र खुशीका लागि मैले उम्मेदवार फिर्ता लिएको छु ।’

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बरालले वडा नं १३ को वडा अध्यक्ष पदका लागि दिएको स्वतन्त्र उम्मेदवार फिर्ता लिएको निर्णयप्रति नेपाली काँग्रेस कास्कीका नेता तथा कार्यकर्ताहरु हर्षित बनेका छन् ।

२१ बैशाख २०७९, बुधबार १३:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा