Play

बैशाख २५ गते पोखरामा काँग्रेसको चुनावी आमसभा

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस कास्कीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विशाल चुनावी आमसभा गर्ने भएको छ । बैशाखको २५ गते पोखरामा चुनावी आमसभा हुने पार्टीले बताएको छ । नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै आमसभाको विषयमा जानकारी दिएको हो ।

विशाल चुनावी आमसभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

‘यो चुनावी आमसभामा कास्की जिल्लाभरका नेता, कार्यकर्ता र मतदाताहरुको सहभागिता हुनेछ । केन्द्रस्तरबाटै नेतृत्वमा रहेका नेताहरु आएर सम्बोधन गरेपश्चात कास्की जिल्लामा काँग्रेसको गज्जबको माहौल सृजना हुने हामीले अपेक्षा गरेका छौँ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘हाम्रा उम्मेदवारहरुलाई जिताउनका लागि यो चुनावी आमसभाले महत्वपूर्ण भुमिका खेल्नेछ ।’

पोखराको अमरसिंहचोकको चौरमा विहान ११ बजेदेखि चुनावी आमसभा शुरु हुने नेपाली काँग्रेस कास्कीले जनाएको छ । साथै नेपाली काँग्रेसले सम्पूर्ण ईकाई तथा वडामा रहेका आफ्ना संयन्त्रहरुलाई आफ्ना उम्मेदवारहरुलाई वडास्तरमा कुनैपनि चुनावी कार्यक्रम नगराई सो आमसभामा सहभागी हुन निर्देशन समेत दिएको छ ।

 

१९ बैशाख २०७९, सोमबार १८:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा