तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्थानीय तह निर्वाचन- ६ वटा महानगरपालिकामा महाभिडन्त

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख १२ मा प्रकाशित
in अन्य
स्थानीय तह निर्वाचन- ६ वटा महानगरपालिकामा महाभिडन्त
57
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  ।  स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न अन्तिम दिन सोमबार सबै ठूला साना दलले आ-आफ्नो हैसियतअनुसार विभिन्न तह र पदमा मनोनयन दर्ता गरे । तर सबैको नजर भने स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै मतदाता संख्या ६ वटा महानगरपालिकामा नै रहेको थियो ।

सोमबार मनोनयन दर्ताको अन्तिम समयसम्म पनि सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायत प्रमुख प्रतिपक्षी दल एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै अन्य साना दलले महानगरहरुमा आफ्नो उम्मेदवार चयन गर्न ठूलै कसरत गरे । महानगरको चुनावी परीणाम आफ्नो पक्षमा पार्न सत्ता गठबन्धनले एक किसिमको रणनीति तय गरेर अगाडि बढेको देखिन्छ भने नेकपा एमालेले पनि यसलाई प्रतिष्ठाको लडाइँकै रुपमा लिएको देखिन्छ।

स्थानीय तहमा बजेट, मतदाता संख्या र प्रतिष्ठाका हिसाबमा सबैभन्दा महत्त्वपूर्ण काठमाडौं महानगरपालिकामा अन्तत: सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले  सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ । संघीय राजधानीसमेत रहेको काठमाडौंको उपमेयरमा भने गठबन्धनले एकीकृत समाजवादीकातर्फबाट रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनायो ।  महानगरमा एमालेले भने २०५४ सालमा मेयर भइसकेका विवादित छवीका केशव स्थापितलाई मेयरमा र मिस नेवा:को ताज पहिरिएकी सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ।

काठमाडौं महानगरपालिकामा दुई प्रमुख दलका प्रतिस्पर्धी बाहेक मेयर पदमा स्वतन्त्र उम्मेदवार बलेन्द्र शाहको पनि चर्चा कम छैन। सांगीतिक दुनियाँको ‘र्‍याप’ विधामा बालेन शाहका रुपमा आफ्नो छवी बनाएका उनले प्रमुख दलका उम्मेदवारलाई राम्रै चुनौती दिन सक्छन्।

काठमाडौं उपत्यकाकै अर्को महानगर ललितपुर महानगरपालिका पनि सत्ता गठबन्धनबाट कांग्रेसकै भागमा परेको थियो । कांग्रेसले यहाँ उम्मेदवार छान्न धेरै माथापच्ची गरेन र हालकै मेयर चिरीबाबु महर्जनलाई पुन: उम्मेदवार बनाएको छ।  उपमेयर भागमा परेको माओवादी केन्द्रले भने बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।

मेयरको उम्मेदवारलाई लिएर सबैभन्दा धेरै विवाद र बहस भएको भरतपुर महानगरपालिका सत्ता गठबन्धनमा अन्तत: माओवादीकै भागमा पर्‍यो । माओवादी केन्द्रले ठूलै रस्साकस्सी पछि पाएको यो पदमा आफ्नो अध्यक्ष पुष्पकमल दाहालकै छोरी रेणु दाहाललाई सहर्ष दियो भने भागमा उपमेयर पाएको कांग्रेसले चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ ।

पुन: मेयरको उम्मेदवार बनेकी दाहाललाई पराजित गर्ने रणनीति अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठजोड गर्दै मेयरमा आफ्नो दलका विजय सुवेदीलाई उम्मेदवार बनायो । राजेन्द्र लिङदेन अध्यक्ष भएसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको राप्रपाले आफ्नो भागमा परेको उपमेयरमा भने हिमला गुरुङलाई उम्मेदवार बनाएको छ ।

पोखरा महानगरमा पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले दुवैलाई उम्मेदवार छान्न ठूलै रस्साकस्सी भयो । सत्ता गठबन्धनबाट मेयरको पद पोखरामा एकीकृत समाजवादीको पोल्टामा थियो । समाजवादीले धनराज आचार्यलाई मेयर पदमा उठाएको छ भने कांग्रेसले उपमेयरमा कोपिला रानाभाटलाई उठाएको छ ।

एमालेले सुरुमा दीपक पौडेललाई मेयर पदमा र उपमेयरमा पुन: मञ्जु गुरुङलाई नै दोहोर्‍याउने बताएको थियो । तर, मञ्जु गुरुङले आफूलाई फेरि उपमेयरमा उठ्ने इच्छा नै नभएको भनेर उम्मेदवारी नै नदिने बताइन् भने दीपक पौडेलले ‘सुन चोरेको’ भिडियो भाइरल बन्यो । त्यसपछि एमालेले त्यहाँ मेयर पदको उम्मेदवार परिवर्तन गर्दै प्रदेश सांसद कृष्णबहादुर थापालाई बनायो । थापा मेयरमा उठ्ने भएपछि भने मञ्जु गुरुङ उपमेयरमै दोहोरिन तयार भइन् ।

यस्तै कांग्रेसका कोइरालाहरुले आफ्नो विरासतका रुपमा लिने विराटनगरको मेयर पद पनि सत्ता गठबन्धनबाट उसैको पोल्टामा थियो । तर अन्तिम समयसम्म पनि सभापति शेरबहादुर देउवालाई त्यहाँको उम्मेदवार चयन गर्न हम्मेहम्मे पर्‍यो । अन्तत: उनले शेखर कोइराला पक्षका नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाए । उता जनता समाजवादी पार्टीले भने विराटनगरमा आफ्ना अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनायो ।

प्रमुख प्रतिपक्षी एमालेले भने मेयरमा महानगर कमिटी अध्यक्ष सागर थापालाई उम्मेदवार बनाएको छ भने उपमेयरमा महानगर कमिटीकै उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उठाएको छ ।

वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले राजेशमान सिंहलाई उठाएको छ । यस्तै, उपमेयरमा भने कांग्रेसले इम्तियाज आलमलाई उठाएको छ । प्रमुख प्रतिपक्षी एमालेले वीरगन्जको मेयरमा यसअघिकै विजय सरावगीलाई नै उठाएको छ भने एमालेसँग वीरगन्जमा तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, वीरगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पत्रकार गिरिश गिरीले पनि मेयर पदमा उम्मदवारी दिएका छन् ।

समग्रमा सबै महानगरमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी बीच नै प्रतिस्पर्धा हुने देखिन्छ । पोखरा र भरतपुरका सत्ता गठबन्धनको कांग्रेसतर्फ भने ठूलै असन्तोष रहेको छ । त्यसै कारण पोखरा र भरतपुरमा अन्य स्थानीय तहको तुलनामा धेरै बागी उम्मेदवारी पनि परेको छ । उम्मेदवारी फिर्ता लिन आझै केही दिन बाँकी रहेकाले केहीको उम्मेदवारी अन्तिममा फिर्ता हुने सम्भावना पनि छ । तर, सत्ता गठबन्धनका शीर्ष नेताहरुको आफन्त मोह भने महानगर उम्मेदवारीमा छताछुल्ल भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

२०७९ कार्तिक १८ मा प्रकाशित
शान्ति समाज पोखराको अध्यक्षमा पितम रआमा समुहको अध्यक्षमा तारा चयन

शान्ति समाज पोखराको अध्यक्षमा पितम रआमा समुहको अध्यक्षमा तारा चयन

२०७९ कार्तिक २ मा प्रकाशित
दशैंको पाँचौँ दिन: आज स्कन्दमाताको पूजा गरिँदै

दशैंको पाँचौँ दिन: आज स्कन्दमाताको पूजा गरिँदै

२०७९ अशोज १४ मा प्रकाशित
सत्ता गठबन्धन दल – अन्ततः सीट बाँडफाँटमा करिब सहमति

एकीकृत समाजवादीले १७ सिट पाउने, राष्ट्रिय जनमोर्चालाई दुई र जसपालाई १२ सिट

२०७९ अशोज १३ मा प्रकाशित
पोउवासंघको महाधिवेशन : आठ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर मत माग्दै पोखरेल समुह

पोउवासंघको महाधिवेशन : आठ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर मत माग्दै पोखरेल समुह

२०७९ भदौ २० मा प्रकाशित
ग्यास बुलेट पोलमा ठोक्किँदा आगलागी‚ मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नागरिकता विधेयक बहुमतले पारित

२०७९ भदौ १५ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.