Play

चैत्र १ गतेबाट अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा संचालन

गुरुकुल खबर


पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार  पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । सुरक्षा जाँच तथा नियमित मर्मतसम्भारकालागि फागुन २५ गतेदेखि बन्द रहेको केवलकार नयाँ समयतालिकाका साथ चैत्र १ गतेदेखि पुन संचालनमा आउन लागेको हो ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।

बिहानी सेवा संचालनसंगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सकिने महाप्रबन्धक पौड्यालले बताए । यसका साथै केवलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली लगायतका हिमालहरु र पोखराका मनोरम दृश्य नियाल्न सकिनेछ ।

गत फागुन ६ गते सफ्ट ओपनिङ गरेपछि व्यावसायिक सञ्चालनमा आएको केवलकारले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ ।

विद्यार्थी र ज्येष्ठ नागरिकका लागि २५ प्रतिशत छुट, अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था भएको कम्पनीले जनाएको छ ।

 

३० फाल्गुन २०७८, सोमबार १२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा