Play

गोपी धरम र नविन राजु जोडी डबल्स फाइनलमा

गुरुकुल खबर


पोखरा, गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडिले नविन श्रेष्ठ र राजु गुुरुङ्गको जोडीसंग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधीका लागि भिड्ने भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरुमा जित हाँसिल उनीहरुले उपाधीका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नजित निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्दा अर्को सेमिफाइनलमा नविन श्रेष्ठ र राजु गुरुङ्गको जोडीले नविन चालिसे र शरण गुरुङ्गको जोडीमाथि ६–४, ६–३ को सोझो सेटमा खेल आफ्नों पक्षमा पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

रेवा पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सको एकल उपाधीका लागि गोपीबहादुर भट्टराई र राजन पौडेलविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका फाइनल खेलहरु आइतबार बिहान हुने आयोजक संघले जनाएको छ ।

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

१६ फाल्गुन २०७८, सोमबार २१:४० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा