Play

नेपाली कांग्रेसद्वारा प्रमाणपत्र प्रदान गरिदै

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिसहितलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र दिने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई प्रमाण पत्र दिन लागेको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचितहरू सबैलाई प्रमाण पत्र दिने कार्यक्रम रहेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुन्छ। १३४ जना निर्वाचनबाट र ३३ जना मनोनित हुन्छन्। सभापति शेरबहादुर देउवाले समावेशी सिद्धान्तका आधारमा ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन्।

९ पुष २०७८, शुक्रबार १५:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा