Play

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षमा गुरुङ

गुरुकुल खबर


पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेवारी मनबहादुर गुरुङले पाएका छन् ।

निवर्तमान अध्यक्ष कृष्णबहादुर थापा पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष गुरुङलाई कार्यवाहकको जिम्मा दिइएको हो । गुरुङ गण्डकी प्रदेश सभा सदस्य हुन् ।

थापाले शुक्रबार गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै पदास्थापना गराएका छन् । कार्यवाहकको जिम्मा पाएपछि बोल्दै गुरुङले जनसेवामा गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ समिति छान्न आउँदो पुस २३ गते जिल्ला अधिवेशन हुँदैछ ।

२ पुष २०७८, शुक्रबार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा