तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रामचन्द्र पौडेलका अनुसार नेपाली कांग्रेस रुपान्तरणका दस सूत्र

गुरुकुल खबर गुरुकुल खबर
२०७८ मंसिर १५ मा प्रकाशित
in अन्य
रामचन्द्र पौडेलका अनुसार नेपाली कांग्रेस रुपान्तरणका दस सूत्र
25
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

अहिले नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रक्रियामा जुटेको छ । सैद्धान्तिक रुपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला तर यक्ष प्रश्न हामीले महाधिवेशनमार्फत् पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरुप नीति तथा नेतृत्व र नीतिअनुरुपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं की सकेनौ भन्ने हो ।

कानूनी औपचारिकताको निमित्त गरिने महाधिवेशनले पार्टीको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रणालीको विकास गर्न सक्तैन । त्यसैले महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेपाली कांग्रेसको सिद्धान्त के हो, यी सिद्धान्तहरुलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्षहरु रहे भन्नेमा विवेचना गर्नु आवश्यक छ । नेपाली कांग्रेसको अहिलेको अवस्था कस्तो छ र यो अवस्थाको निमित्त को कति जिम्मेवार छ भन्नेजस्ता सैद्धान्तिक र व्यवहारिक पक्षमा पनि गहन विचार गर्नु पर्छ ।

के छ नेपाली कांग्रेसको अवस्था

नेपालमा लोकतन्त्रको स्थापना र रक्षाको निमित्त नेपाली कांग्रेसले सधै अग्रमोर्चामा रहेर काम गरेको छ । नेपाली कांग्रेस नेपालमा लोकतान्त्रिक पद्दतिको मापदण्ड बनेको छ । नेपाली कांग्रेसका क्रियाकलाप र गतिविधिहरु अन्य पार्टीहरुको निमित्त उदाहरण र नजिर बन्ने गरेका छन् । तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्श अनुरुप हुन नसकेको देखिएको छ । निरङ्कुश जहानियाँ शासनविरुद्ध २००७ सालमा क्रान्ति गर्ने पार्टी, तानाशाही पञ्चायतविरुद्ध निरन्तर ३० वर्ष लडेको पार्टी, लोकतन्त्रको पुनस्र्थापनाको निमित्त २०४६ र २०६२÷६३ को जनआन्दोलको नेतृत्व गरेको पार्टी, नेपालको नयाँ संविधान जारी गर्न अगुवाई गर्ने कांग्रेस पार्टी, अहिले यसमा आन्तरिक लोकतन्त्रको अभाव खड्किदै छ ।

संसदीय निर्वाचनमा कम्यूनिष्टहरुसँग हार व्यहोर्नु परेको छ । अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएता पनि नेपाली कांग्रेसका आदर्श, मूल्य र मान्यता अनुरुप हामीले सरकारमा उपस्थिति जनाउन सकेका छैनौं । कम्युनिष्टहरुको फूटलाई नै अवसरको रुपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन ।

लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरुप चलोस् र अन्य पार्टीहरुलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ । तर, वर्तमान पार्टी नेतृत्वले पटकपटक विधान मिचेर, यसका व्यवस्थाहरुको ठाडो उल्लंघन गरेर त्यो जनअपेक्षामाथि कुठाराघात गरेको छ । महाधिवेशनभन्दा एक वर्षअघि वितरण गरिसक्नु पर्ने क्रियाशील सदस्यता महाधिवेशन ढोकैमा आईसक्दा पनि विवादित छ । भातृसंस्था भताभुङ्ग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ ।

महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरुलाई विधान नाघेर गठन गरिएको छ । स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ । पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाइएको छ । नीतिनियम र विधानविपरित हजारौ चिठी काटिएका छन् ।
राजनीतिप्रति वितृष्णालाई कसरी हटाउने ?

देशको राजनीति विषम मोडमा छ । विगत तीन चौथाई शताब्दीदेखि लोकतन्त्रको निमित्त गरिएका संघर्षले आशातित परिणाम दिन सकेका छैनन् । आम मानिसमा राजनीतिप्रति वितृष्णा पैदा भएको स्थिति छ । युवाहरु राजनीतिबाट क्रमशः पलायन हुँदै गएको पाईन्छ । आमनागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानको भाव घट्दै गएको छ । राजनीतिप्रतिको यो वितृष्णा पैदा हुनुको कारणमा नेतृत्व सम्हालेका व्यक्तिको आचरण, व्यवहार र चरित्र जिम्मेवार छन् ।

विगत ७५ वर्षदेखि आम नागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ । तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्वहरुको हतियार भएको छ । लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि ईमान्दारीपूर्वक हुन सकेको छैन । पार्टीको होस् वा राजनीतिको होस्, पैसाको खोलो बगाएर चुनाव जित्ने प्रवृत्तिबाट जनता दिक्क छन् ।

आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो । व्यक्ति व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थाहरुमा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्थाहरु पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरुको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन ।

आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? आज बुद्धिजीवीहरुले प्रश्न उठाइरहेका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ ।

नेता बलिया, पार्टी कमजोर । अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन । कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ । विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ । यसो भएमात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ । नेताको अनुकूलमा विधि–पद्दति चल्ने हैन, विधि–पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ ।

हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि–पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्तैन । अहिले नेपालमा जवाफदेहिताको अभाव खड्कीँदै गएको छ । जनताप्रति उत्तरदायीत्वको भावनाको परित्याग भइरहेको छ । जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्ने जस्ता अवस्थाहरुको सिर्जना भइरहेका छन् । यसरी राजनीतिक क्षेत्र पङ्गु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरुमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँ कहाँ पुग्नुपर्ने हो, अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो ? गम्भीर प्रश्न उठिरहेका छन् ।

आज कांग्रेसलाई आफ्ना नेताहरुका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ । महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो । कुन विचार र पद्दति स्थापित गर्छ भन्ने मुख्य चासो हो ।

नेपालमा लोकतन्त्र सुरक्षित र दीगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरुप नेपाली समाजलाई लोकतान्त्रीकरण र लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपिहार्य छ । यो अभियान अरु कसैले चलाउन सक्तैन, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहदै आएको नेपाली कांग्रेसले नै चलाउनु पर्नेछ ।

नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ । अर्थात्, कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रिकरणको आवश्यकता छ । र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रुपान्तरण गर्न सक्छ न देशलाई नै ।

लोकतन्त्रका निमित्त थकानरहित लडाई

प्रथम राष्ट्रपति निर्वाचन प्रसङ्गमा मेरो नाम अघि सारिँदा मैले गिरिजाबाबुसँग भनें, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन । लोकतन्त्रको लडाई बाँकी नै देख्छु । त्यसैले म त्यो लडाई मैदानमै रहेर लड्न चाहन्छु ।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही सावित भयो । लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नु परेको छ । जसरी राजाद्धारा लोकतन्त्रको अपहरण हुँदा मात्र हैन कम्यूनिष्टवाट हामी माथि हिंसा गरिदा पनि हामी लडेका छौं । राजाको तानाशाही विरुद्ध चौध चौध वर्ष जेल यातना र अनेक प्रताडना वेहेरेको मैले लोकतन्त्र पुर्नवहाली पछि पनि केपी ओलीबाट नयाँ संविधान माथि आक्रमण गरियो त्यहाँ पनि मैलेनै लड्नु प¥यो । त्यो लडाई मैले तनहुँको बुल्दीपूल उद्घाटन काण्डदेखि लडिरहेको छु ।

अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाईं कानुनी मैदानमा पुगेर सकिएको छ । तर, यस्ता लडाई फेरि पनि लड्नु नपर्ला भन्नसक्ने अवस्था देखिदैन । अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरु लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाए । सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुप¥यो । संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन ।

महत्वाकांक्षीहरुबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, सामदाम–दण्डभेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् ।

राम्रो काम गरेर ख्याति कमाउन नसक्ने, तिक्डमको भरमा सधै सत्तामा हावी भैरहनुपर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक चरित्र हो । तेश्रो विश्वका मुलुकहरु यस्तै म्याकियावेलियन प्रवृत्तिबाट आक्रान्त छन् । मैले चाहेको प्रवृत्ति परिवर्तन भनेको यो प्रवृत्तिलाई परास्त गर्नु हो । मेरो लडाई यही प्रवृत्तिविरुद्ध छ ।

संविधानसभाबाट निर्माण गरिएको संविधान र बहुलवादमा आधारित संसदीय लोकतन्त्र र संघीय गणतन्त्रलाई अनेकतिरबाट प्रहार गर्ने प्रयत्न भइरहेका छन् । फेरि पनि लोकतन्त्र रक्षाका खातिर संघर्षको विकल्प छैन । उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन । आफ्नै करङ्ग भाँच्चिने गरी प्रतिगमन विरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ ।

महाधिवेशनको जिम्मेवारी

विषम परिस्थितिबीच हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नु पर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ । माथिका विषयहरु निश्चय पनि महाधिवेशन अन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टीका कार्यकर्ताका लागि सोचनीय विषय हुन् । त्यतिमात्र होइन, गुटहरुमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् ।

कोरोना महामारी नसकिँदै हामी १४ औं महाधिवेशन गर्न बाध्य छौं । यो नेतृत्वले थोपरेको बाध्यता हो । मैले गत २०७५ मंसिरको महासमितिमै कांग्रेसको सुनौलो भविष्यका लागि महाधिवेशन मात्र होइन पार्टीलाई जीवन्त गराउने क्यालेण्डर बनाऔं र त्यसभित्र रहेर सबै काम सम्पन्न गरौं भनेको थिएँ । त्यो कुरालाई नमानेर महाधिवेशनलाई धकेल्दै धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पु¥याइएको छ ।

कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्दछ । हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौं । सरकारमात्र होइन हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनु पर्दछ । हाम्रा नीतिमा मात्र लोकतान्त्रिक समाजवाद लेखेर लोकतान्त्रिक र समाजवादी हुँदैन हाम्रा नीति निर्माण प्रक्रिया, हाम्रा आचरण र व्यवहार पनि लोकतान्त्रिक र समाजवादी आदर्श अनुरुप हुनु पर्दछ । तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्दतीको क्षयीकरण भैराखेको महशुस हुन्छ । पार्टीको विधान अनुरुप पार्टी नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिने जस्ता कुराले पार्टीको साख गिराएको छ ।

लोकतन्त्रको जीवनाधार र गतिशीलताको आधार जनचाहाना र जनमतको अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो । यसमा कुनै हेलचक्राई हुनु हुँदैन । ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो । कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आर्कषित गर्ने पार्टी बन्नु पर्छ । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ । आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पङ्ति आवश्यक पर्छ । भाग्यमा भरपर्ने हैन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो । मेहनतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ । लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । कांग्रेसको लोकतान्त्रीकरण हुनु पर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ । पार्टी सुदृढीकरणको निमित्त निम्न कार्य गरिनु पर्दछ ः

पार्टी सुदृढीकरणका लागि के गर्ने ?

 अधिवेशनको मुखमा लगेर क्रियाशील सदस्यता वितरण गर्ने परिपार्टी अन्त गरी सुरुदेखि नै क्रियाशील नवीकरण र वितरण कायम राखेर कार्यकाल पूरा हुने एक वर्ष अगावै वितरण बन्द गर्ने ।

 भातृसंस्था र पार्टी निकायका अधिवेशन तोकिएकै समयमा गराउने । तोकिएकै समय भित्र विभाग, प्रतिष्ठान गठन गर्ने र सवै निकाय दुरुस्त राख्ने ।

 संगठनका सदस्यहरूलाई सैद्धान्तिक, व्यवहारिक र नीतिगत तालिममा निरन्तरता प्रदान गर्ने तालिमको लागि पूर्ण व्यावसायिक टिमको निर्माण गर्ने ।

 कार्यकर्ताको ज्ञान वृद्धिका लागि विभिन्न क्षेत्रमा अवलोकन भ्रमण गराउने । प्राविधिक ज्ञान तथा अनुभवबाट गर्न सक्ने व्यवसायका लागि आर्थिक तथा कानुनी प्रबन्ध मिलाउने ।

 न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनको परिपाटी अबलम्बन गर्ने । यो नै पार्टी एकताका मूल आधार हो ।

 विधि–पद्दति र अनुशासनमा तलदेखि माथिसम्म, माथिदेखि तलसम्म सबै बाँधियौं भने पार्टी एकता मजबूत हुन्छ ।

 पुराना निष्ठावान कार्यकर्ताको हितमा आँच नपुग्ने गरी नवप्रवेशीहरूको स्वागत गरिनु पर्दछ । पार्टीमा सबैलाई सहभागिता र सहस्वामित्वको अनुभूति दिलाउने व्यवहार र आचारण गरिनु पर्दछ ।

 राजनीतिलाई स्वच्छ र स्वस्थ पार्न पार्टी भित्र र बाहिर बैचारिक बहस चलाउने ।

 देश र जनताका लागि के गर्ने ?

 ‘लोकतन्त्र बचाऊँ, भ्रष्टाचार भगाऊँ’ अभियान चलाउने ।
 जहाँ रोजगारी त्यही बसोवास, जहाँ बसोवास त्यही रोजगारीको नीति कार्यान्वयन गर्ने ।
 हिमाल, पहाड, तराईमा स्वस्थ्य र सुरक्षित बस्ती निर्माण गर्ने ।
 लोकतन्त्र साकार पार्न निमुखालाई न्याय विपन्नलाई आय कार्य रुपमा ल्याउने ।
 सबै नागरिक सीपवान र शिलवान बनाउने शिक्षा नीति ।
 सबैलाई स्वस्थ जीवन र दीर्घजीवन दिने स्वास्थ्य नीति ।
 यी कुरा सबैका लागि सहज र सरल तुल्याउन कांग्रेसको उपस्थिति ।
 नेपालको वास्तविकतामा आधारित प्रकृतिमैत्री विकास नीति ।
 नेपालको परम्परागत धर्म र संस्कृति नेपालीको पहिचान जोगाउने साँस्कृतिक नवोन्नति
 नेपालीको सुखी जीवन, खुशी जीवन स्वच्छ सफा पर्यावरण ।
 अति दलबन्दीबाट देशलाई मुक्त गर्ने । आम अदना जनताको अधिकार अकुन्ठित बनाउने ।

लोकतान्त्रिक आचरण

कुनै पनि समाजको बानी व्यहोरा र संस्कारलाई त्यो देशको नेतृत्व वर्गको संस्कारले असर गर्दछ भन्ने कुरामा म विश्वास गर्दछु । जर्ज वासिङटन, चर्चिल, महात्मा गान्धी, मण्डेला यसका उदाहरण हुन् । हामीले त्यो लोकतन्त्रको संस्कृति, सामूहिकताको संस्कृति, बराबरीको संस्कृतिलाई आज देशमा स्थापित गर्नु आवश्यक छ । मेरो लडाई यसकै लागि हो । सुख र सुविधाको जीवन छोडेर १४–१५ वर्ष कालकोठरीमा बिताउनुको तात्पर्य मेरो व्यक्तिगत खुशी र उन्नयनको खोजी होइन । यो समाजको परिवर्तन र रुपान्तरणका लागि हो । म एउटाको शक्तिको लालसा वा कीर्तिको भोको भइदिएको भए त्यो पूरा गर्ने अवसर मलाई पटकपटक प्राप्त भएका हुन् । तर, आफ्नो आदर्शबाट निर्दिष्ट जीवन दृष्टिकोणलाई मैले त्यसका लागि त्याग गरेको छैन । न कहिल्यै त्याग गर्नेछु ।

बराबरीको नारा धेरैले घन्काए तर व्यवहारमा उतार्न उनीहरू असफल भएका छन् । मैले त्यसलाई व्यवहारमा उतार्न कोशिस गरेको छु । अबलम्बन गरिएका आदर्शलाई व्यवहारमा उतार्दा पार्टीमा विभाजनका रेखाहरू मेटिन्छन् । अहिलेको नेतृत्वले आफ्नो पक्षले हार्छ भनेर नेपाल दलित संघ, जनजाति संंघ, किसान संघ, नेपाल विद्यार्थी संघ लगायतका भातृसंस्थाको अधिवेशन नै गराउन चाहेन । पार्टीको महाधिवेशन नै यत्रो महामारीतिर धकेलियो । मेरो एउटै मात्र उद्देश्य गुटविहीन पार्टी हो । म पार्टीका सबै निकाय, अङ्ग, अवयवहरुका चुनाव समयमा गराउन प्रतिबद्ध छु । तिनीहरुलाई चलायमान गराउने कुरामा प्रतिबद्ध छु । पार्टीमा नयाँ जीवन, नयाँ शक्ति, नयाँ उर्जा भर्ने काम गर्नु आवश्यक छ । मलाई मेरो गुट हार्ला कि भन्ने डर छैन । म गुटको आधारमा हैन विचारको आधारमा राजनीतिमा वाँच्न चाहान्छु ।

सत्तरी बर्षको संर्घषबाट निर्माण भएको अहिलेको बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक संसदीय प्रणालीका पनि कतिपय कमजोरी होलान् । समसामयिक सुधारका साथ यसैलाई चिरस्थायी बनाएर अघि लानुको विकल्प नेपालसँग छैन । बारम्बारको अस्थिरता र नयाँ नयाँ प्रयोग अब नेपालले धान्न सक्तैन । यसै अन्तर्गत अकुण्ठित मौलिक हक, विधिको शासन र सुसभ्य समाज निर्माण हाम्रो लक्ष्य हो ।

सत्ता कुनै दल विशेषको मात्र हैन समस्त जनताको हो भन्ने कुरा साकार गराउनु आवश्यक छ । दलीय राजनीतिलाई आफ्ना नीति, सिद्धान्त र कार्यक्रममा सहयोगी बनाउनमा उपयोग गर्नुपर्छ । दलहरु नागरिक अधिकारका रक्षक हुन् तर अति दलबन्दी भयो भने जनताको अधिकार र स्वतन्त्रता कुण्ठित हुन्छ । त्यसै भएर म कांग्रेसको लोकतान्त्रिकरण भन्छु । दलको तानाशाही, दलका नाममा नेताको तानाशाहीबाट मुक्त लोकतन्त्र मेरो परिकल्पना हो । त्यसको अर्थ निर्दलीयता पनि हैन । दल लोकतान्त्रिक संस्कार र आचरणबाट परिचालित हुनु पर्दछ । त्यसका लागि सबैभन्दा पहिलो कुरा नेतामा राजावादी प्रवृति र संस्कार रहनु हुदैन । कमजोर पार्टीको बलियो नेता लोकतन्त्रमा अवाञ्छनीय हो । लोकतन्त्रका दलहरु रेजिमेन्ट चरित्रका भए जनताको अधिकार कुण्ठित हुन्छ । निमुखाले न्याय पाउदैनन् । दलको आडमा सर्वत्र पहुँच पु¥याउने प्रथा प्रवल भयो भने दल वाहिरका कमजोर वर्ग उपेक्षित र उत्पीडित रहि रहनु पर्ने हुन्छ । लोकतान्त्रिक समाजको निमित्त यो ग्राह्य छैन ।

सारमा कांग्रेसले वर्तमान र भविष्यका चुनौतीका सामना गर्न निम्न कार्य गर्न अपरिहार्य छ ।

१. ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण गरिनु पर्दछ । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि,देशभक्ति र फराकिलो राष्ट्रवादी विचार भएको व्यक्तिले कांग्रेसको नेतृत्व गर्नु पर्दछ । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस बन्नु पर्दछ । हामीले के कुरा विर्सनु हुँदैन भने अहिले सम्म देशमा भएका सबै राजनैतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । त्यसैले कांग्रेस अन्य पार्टीको पनि मापदण्ड हो । लोकतन्त्रको अभिभावक पनि कांग्रेस हुनु पर्दछ । यसको निमित्त कांग्रेसको सुदृढीकरण र लोकतान्त्रीकरण आवश्यक छ ।

२. लोकतान्त्रिक समाजवादलाई अझ उन्नत बनाउन कांग्रेसले उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन, युवा–केन्द्रित रोजगारी सिर्जना, श्रमको सम्मान गर्ने संस्कृति, एकीकृत सामाजिक सुरक्षा, सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र, जिम्मेवारीबाट नपन्छिने तर जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य, समतामुलक समाज, मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र सुखी जीवनका नीतिहरु अबलम्बन गर्नु पर्दछ । आम्दानी हुनेवाट नियमपूर्वक खुसी साथ लिएर नहुनेको उद्धार गर्ने प्रगतिशील कर प्रणाली लोकतान्त्रिक समाजवादको एक आधार स्तम्भ हो ।

३. राष्ट्रका जीवनाधार युवाशक्तिलाई सक्षम र उर्जावान तुल्याउन नयाँ प्रविधिसँग अभ्यस्त गराउँदै युवावर्गको मानसिक र शारीरिक विकास खातिर चौतर्फी प्रयत्न अघि बढाउने कार्यको सुरुवात कांग्रेसले गर्नु पर्दछ । नेतृत्व विकासमा युवालाई प्रोत्साहित गर्नु पर्दछ । युवा नै यो देशको भविष्य हुन् । हामीले के बिर्सनु हुँदैन भने समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिक्रियावादीको स्वर्ग अतीतमा हुन्छ । त्यसैले भविष्यमुखी सोच जसको छ त्यही समाजवादी हो, त्यही यूवा हो ।

विचारको राजनीति

स्पष्ट विचार र सबल नेतृत्व विना कुनै पनि पार्टीको अस्तित्व रहँदैन । यी दुई कुराको अभावमा पार्टीको क्षयीकरण निश्चित हुन्छ । विचारको राजनीति गर्नु भनेको निश्चित विचारप्रतिको ओठेभक्ति मात्र देखाउनु होइन । विचारको राजनीति त विचार अनुसारको व्यवहार प्रदर्शन गर्नु हो । पार्टी र सरकारका नीति तथा कार्यक्रमहरु मात्र नभएर आम नेतृत्व वर्गको आचरण र व्यवहार पनि सोही विचारअनुरुप हुनु हो ।

लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्त रहिआएको छ । यसैले मेरो मार्गदर्शक सिद्धान्त पनि स्वभाविक रुपले लोकतान्त्रिक समाजवाद हो । तर समाजवाद भनेको के हो भन्ने बुझ्नु महत्वपूर्ण कुरा हो ।

समाजवादको सिद्धान्त आर्थिक सिद्धान्तमात्र नभएर मानवीय सिद्धान्त पनि हो । अतः स्वतन्त्रतालाई पूर्णता दिन मानिसका आधारभूत अधिकारहरुको सुनिश्चितता प्रदान गर्ने दर्शन नै मेरो समाजवादी दर्शन हो । समाजवादी दर्शन अनुरुपको व्यवस्था र प्रणालीलाई क्रियाशिल बनाउने हाम्रो नीति तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र हाम्रो कार्यनिति हो । कुनै पनि तरिकाले सत्ता प्राप्त गर्नु हाम्रो अभिष्ट होइन । जबसम्म सत्तामा बसेर समाजवादी दर्शन अनुरुपका नीति तथा कार्यक्रम लागु गर्न सकिँदैन, सत्ता प्राप्तिको कुनै अर्थ रहँदैन ।

निमुखालाई न्याय विपन्नलाई आय समाजवादको सार हो । हाम्रो समाजवादमा निमुखा जनताप्रतिको दायित्वबाट राज्य निरपेक्ष बस्न सक्दैन तर राज्यले सर्वत्र हस्तक्षेप पनि गर्दैन । कुनै पनि देशको विकास र जीवनस्तर त्यस देशका नागरिकले गर्ने परिश्रममा भर पर्दछ । यो अर्थशास्त्रको सर्वमान्य सिद्धान्त हो । तर पनि विभिन्न कारणहरुले सबै मानिसहरु काम गर्ने र मिहेनत गर्ने अवसरबाट वञ्चित हुन सक्छन् । यसरी अवसरबाट वञ्चित विपन्न वर्गको निमित्त आयको सुनिश्चितता गर्नु सरकारको जिम्मेवारी हुन्छ । यस्तै न्यायबाट वञ्चितहरुलाई न्यायको सुनिश्चितता गर्नु पनि सरकारको जिम्मेवारी हुन्छ । यहाँ न्यायको अर्थ अदालती प्रक्रियासँग मात्र सम्बन्धित नभएर समाजका हरेक क्षेत्रमा हुनु पर्ने न्यायको रुपमा बुझिनु आवश्यक छ ।

निमुखालाई न्याय र विपन्नलाई आयको सुनिश्चितता गर्न राज्यका हरेक अंगको प्रभावकारितामा वृद्धि हुनु आवश्यक छ । समग्रमा उच्च स्तरको अर्थिक वृद्धि, न्यायपूर्ण वितरण, दिगो विकास र सुशासनले मात्र निमुखालाई न्याय र विपन्नलाई आयको सुनिश्चितता गर्न सक्छ । नेपालको वास्तविकतासँग मेलखाने, प्रकृतिसित मेलखाने, मानव केन्द्रीत र प्रकृति–प्रविधि मैत्रीविकास हाम्रो उन्नतीको मार्ग हो ।

आर्थिक वृद्धि

आर्थिक वृद्धिको निमित्त ध्ज्ब्त्त्क्ष्भ् अर्थात ध्बतभच चभकयगचअभक (जलश्रोत), ज्गmबल चभकयगचअभ (मानवीय श्रोत), ब्नचष्अगतिगचभ (कृषि), त्यगचष्कm (पर्यटन), त्भअजलययिनथ (प्रविधि), क्ष्लाचबकतचगअतगचभ (पूर्वाधार) र भ्लखष्चयलmभलत (वातावरण) प्रमुख आधार हुन् । आर्थिक वृद्धिको निमित्त देश भित्र बस्तु तथा सेवाको प्रशस्त उत्पादन हुनु आवश्यक छ । बस्तु तथा सेवाको उत्पादन भएरमात्र पुग्दैन, उत्पादित बस्तु तथा सेवा बिक्री पनि हुनु पर्दछ । उत्पादित वस्तु तथा सेवाको बिक्रीका निमित्त हाम्रा उत्पादनहरुमा प्रतिस्पर्धी क्षमता हुनु पर्दछ । गुणस्तर र कम उत्पादन लागतले बस्तु तथा सेवाहरुलाई बजारमा प्रतिस्पर्धी बनाउँछ । त्यसैले हामीले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बस्तु तथा सेवाहरुको उत्पादनमा ध्यान दिनु आवश्यक छ । कम आयतन र बढी मूल्य हुने वस्तु तथा सेवाहरुको उत्पादनले आर्थिक वृद्धिलाई सघाउ पु¥याउँछ ।

क. कृषिः

विश्वका कुनै पनि विकसित देशको इतिहास हेर्ने हो भने विकासको पहिलो पाईला कृषिको विकासबाट सुरु भएको छ । कृषि क्षेत्रको विकासमा एकातर्फ मानिसमा कृषि पेशाप्रति आकर्षण हुनु पर्दछ भने अर्कोतर्फ सरकारले कृषि उत्पादनलाई नाफामूलक बनाउन उचित सहजीकरण गरिदिनु पर्दछ । अहिले हाम्रो देशमा कृषि पेशाप्रति आकर्षण घटिरहेको देखिन्छ । यसको प्रमुख कारण कृषि पेशाबाट उल्लेखनीय लाभ प्राप्त हुन नसक्नु हो ।

कृषि क्षेत्रलाई आकर्षक बनाउन यसको उत्पादकत्व बढाउने र कृषि उत्पादनको निमित्त बजारको सुनिश्चितता गर्ने काम गर्नु पर्दछ । यो काम गर्ने जिम्मेवारी सरकारको हो । कृषिको उत्पादकत्व बढाउन कृषि उत्पादनको कार्य ठूलो क्षेत्रमा गरिनु पर्दछ । देशैभरि व्यावसायीक कृषि फार्महरु स्थापना गर्न कृषकलाई सहयोग गरेर ती फार्महरुमा राम्रो तलबमानसहित रोजगारी दिँदै उत्पादकत्व वृद्धि गराउनु मुलुकको दीगो विकासको आधार हो । खण्डीकृत जमिनमा गरिने कृषि कार्यले उत्पादकत्व बढाउँदैन । त्यसैले सामूहिक खेती र सहकारीमार्फत् कृषि उत्पादन गरिनु पर्दछ । यसको निमित्त सरकारले मल, बीउ, सिंचाई लगायतका कृषिलाई आवश्यक पर्ने कुराहरुको उपलब्धतालाई सुनिश्चित गर्नु पर्दछ । कृषकले गरेको उत्पादनले उचित मूल्य प्राप्त गरोस् भन्ने उद्देश्यका साथ सरकारले किसानलाई प्रति एकाई जमिनमा हुने नाफा सुनिश्चित गरिदिनु पर्दछ । ‘गरिबीको निकास, कृषिको विकास’ नाराका साथ यो क्षेत्रको विकास गरिनु पर्दछ ।

ख. पूर्वाधारः

पूर्वाधारको विकास बिना द्रुत गतिको विकास सम्भव छैन । हामीले विश्वका विकसित देशको अनुभवबाट यो कुरा सिकेका छौं । वि.सं. २०४६ पश्चात नेपालमा पूर्वाधारको विकास नभएको हैन । हामी कहाँ बाटोको लम्बाई बढेको छ, विद्यालयको र स्वास्थ्य संस्थाको संख्या बढेको छ, टेलिफोन र ईन्टरनेटको संख्या बढेको छ । तर वृद्धि भएका पूर्वाधारको गुणस्तरीयतामा कमी छ । नेपाल पूर्वाधार गुणस्तरको सूचकांकमा निकै पछि परेको छ । तथ्याङ्कमा मात्र पूर्वाधारको संख्या बढेर हुँदैन । पूर्वाधारको गुणस्तर पनि विश्वका अन्य देशसंग तुलना योग्य हुनु पर्दछ । त्यसैले मैले ‘द्रुत विकासको आधार, गुणस्तरीय पूर्वाधार’ भन्ने गरेको छु र सरकारका कार्यक्रम पनि सोहि अनुरुप निर्माण गरिनु पर्दछ ।

गुणस्तरीय पूर्वाधारको विकास बिना वैदेशिक लगानी भित्रयाउन असम्भव छ । यस्तै गुणस्तरीय पूवार्धारले उत्पादन लागतमा कमी ल्याएर हाम्रो प्रतिस्पर्धी क्षमता पनि वढाऊँछ । उच्च उत्पादन लागत नेपाली अर्थतन्त्रको पुरानो रोग हो । उच्च उत्पादन लागतले प्रतिस्पर्धि क्षमता घटाउँछ । त्यसैले उत्पादन लागत घटाएर प्रतिस्पर्धी क्षमता वढाऊँदै आर्थिक वृद्धिदर बढाउँन गुणस्तरीय पूर्वाधारमा जोड दिनु आवश्यक छ ।

ग. जलश्रोतः

जलश्रोत प्रकृतिले नेपाललाई दिएको सबैभन्दा ठूलो वरदान हो । हामीसंग उच्च गतिमा बग्ने असंख्य नदीनाला छन् । यी नदीनालाको समुचित विकास नेपालको आर्थिक वृद्धिको महत्वपूर्ण आधार हो । जलश्रोतको विकास विद्युत उत्पादन मात्र नभएर पर्यटन र सिंचाईको निमित्त प्रयोग गरिनु पर्दछ । पानीमा आधारित खेलको विकास, योजनावद्ध सिचाईको विकास गरे द्रुत गतिको आर्थिक वृद्धिको मार्ग खोलिनु पर्दछ । यस्तै विद्युत उत्पादन विदेशमा निर्यात गर्ने उद्येश्यले मात्र नभएर आन्तरिक खपतको निमित्त पनि गरिनु पर्दछ । उद्योग, कलकारखाना, पर्यटन, घरेलु उपभोग र विद्युतीय सवारी साधनको प्रयोग मार्फत विद्युत उपभोग बढाउनु आवश्यक छ । विद्युतको अधिकाधिक प्रयोगले एकातर्फ सस्तो उर्जा प्रदान गर्दछ भने अर्को तर्फ वातावरण संरक्षण गर्न र आयात घटाउन सहयोग पुर्याउँछ । बहुआयामिक फाईदा भएको जलविद्युत सस्तो लागतमा धेरै उत्पादन गर्ने नीति सरकारले अबलम्बन गर्नु पर्दछ ।

घ. मानवीय श्रोतः

आर्थिक वृद्धि र विकासको योजनाकार अन्ततः मानवीय क्षमता र सिप नै हो । उच्च गुणस्तरका डक्टर, ईन्जिनियर, शिक्षक, नर्स, व्यवस्थापक विना जतिसुकै प्राकृतिक श्रोत र वित्तिय श्रोत भए पनि विकास हुन सक्तैन । अतः अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी मानव श्रोतको विकासमा जोड दिईनु पर्दछ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यापक विस्तार मार्फत मानवीय श्रोतको विकास गरिनु पर्दछ ।

ङ. प्रविधिको विकासः

सूचना प्रविधि लगायत अन्य प्रविधिको विकास विना हामी उत्पादनको क्षेत्रमा अन्तर्रास्ट्रीय स्तरमा प्रतिस्पर्धी हुन सक्तैनौ । उत्पादनमा मात्र होईन सुशासनको निमित्त पनि सूचना प्रविधिको प्रयोगमा व्यापकता ल्याईनु पर्दछ । सूचना प्रविधिको प्रयोगले काम छिटो छरितो हुने मात्र होईन काममा पारदर्शिता पनि ल्याउँछ ।

च. पर्यटनः

पर्यटन नेपालको आर्थिक विकासमा तुलनात्मक लाभ भएको क्षेत्र हो । लुम्बिनी, सगरमाथा लगायत विश्वकै अग्ला अन्य चुचुराहरु, प्राकृतिक सुन्दरता, जैविक तथा साँस्कृतिक विविधता नेपालका पर्यटनका आधार हुन् । पर्यटनमा हामीले परम्परागत ट्रेकिङ, क्लाईम्बिङ र ¥याफटिङ बाहेकका अन्य उत्पादनहरुको पनि खोजी र विकास गर्नु पर्दछ । पर्यटन क्षेत्रको विकासको निमित्त उच्च गुणस्तरको पूर्वाधार, गुणस्तरीय होटल र रेस्टुराँको विकास, सहज प्रशासकीय प्रणाली, सुरक्षा तथा आम नागरिकमा पर्यटनमैत्री आचरण र बोली व्यवहारको विकास गरिनु पर्दछ । यी कुराहरमा सरकारले सहजीकरण गर्नु पर्दछ ।

छ. वातावरणः

वातावरणीय संतुलन हामीले अबलम्बन गर्ने समाजवादको अभिन्न अंग हो । आर्थिक विकास र वातावरण बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । विवेकपूर्ण तरिकाले विकासका योजना निर्माण र लागु नगर्ने हो भने वातावरणमा ह्रास आऊँछ । अतः हरेक निर्माण र उत्पादनका कार्य गर्दा वातावरणीय प्रभावलाई ध्यानमा राखिनु पर्दछ । वातावरणको नाममा विकासका क्रियाकलापलाई थाँती राखिनु पर्दछ भन्ने होईन तर लागत–लाभको विश्लेषण गरिनु पर्दछ । यो धर्ती अहिलेको पुस्ताको मात्र होईन भावी पुस्ताको पनि हो । हामीले गर्ने विकासले अहिलेको पुस्तालाई मात्र नभएर भावी पुस्तालाई पनि ख्याल गर्नु पर्दछ । हामीलाई प्रकृतिले जस्तो पृथ्वी दिएको छ त्यस्तै पृथ्वी भावि पुस्तालाई पनि छोडेर जानु पर्दछ । स्वच्छ वातावरणमा बाँच्न पाउनु संविधानले सुनिस्चित गरेको मौलिक अधिकार हो । सो मौलिक अधिकारको संरक्षण गर्नु पर्ने दायीत्व हाम्रो हो ।

न्यायपूर्ण वितरण

निमुखालाई न्यायको एउटा महत्वपूर्ण आयाम न्यायपूर्ण वितरण हो । सन् १९९० पछि गरिएको आर्थिक उदारीकरणले वृद्धिमा योगदान त गर्यो तर वितरण पक्षमा अलि कमजोर रह्यो । आर्थिक वृद्धिले मात्र विकास हुँदैन । विकास र समृद्धिको निमित्त न्यायपूर्ण वितरणको आवश्यकता छ । अहिलेको वृद्धिमा पुँजीको प्रतिफल अति धेरै तर श्रमको प्रतिफल निकै कम छ । पुँजी लगानी गर्ने निकै छिटो सम्पन्न हुने तर श्रम लगानी गर्ने सधै कमजोर हुने अवस्था छ । यो परिपाटीको अन्त्य हुनु आवश्यक छ ।

न्यायपूर्ण वितरणको निमित्त विभिन्न कार्यक्रम लागु गरिने छ । मैले धेरै पहिले ग्रामिण स्वाबलम्बन कार्यक्रम लागु गरिनु पर्ने कुरालाई जोड दिएको हुँ । तर ग्रमिण स्वाबलम्बन कार्यक्रम विभिन्न कारणले लागु हुन सकेन । तर अझ पनि ग्रामिण स्वालम्बन कार्यक्रम लागु गरिनु पर्ने कुरामा म दृढ छु ।

स्थानीय स्तरमा सार्वजनिक क्षेत्रका निर्माण कार्यमा रोजगारी सिर्जना गरेर, स्वरोजगारको निमित्त धितो रहित वा सहुलियत दरमा व्यवसायको निमित्त ऋण उपलब्ध गराएर, स्वरोजगारहरुको निमित्त विभिन्न परियोजना निर्माणमा सहयोग गरेर, विपन्नहरुको निमित्त आवश्यक परेमा नगद र खाद्यान्न सहयोग गरेर न्यायपूर्ण वितरणका लक्ष्य प्राप्त गर्नु आवश्यक छ ।

न्यायपूर्ण वितरणको अर्को महत्वपूर्ण पक्ष गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिस्चितता गर्नु हो । यसको निमित्त आवश्यक्ता अनुसार गुणस्तरीय विद्यालय र स्वास्थ्य संस्थाको निर्माण गरि ती विद्यालय तथा स्वास्थ्य संस्थामा सबैको पहुँचको सुनिस्चितता गरिनु पर्दछ । शिक्षा र स्वास्थ्य संस्थाबाट कुनै पनि मानिस आम्दानीको अभाव र अन्य कारणले गर्दा उपचार नपाउने अवस्थाको पूर्ण रुपमा अन्त्य गरिनु पर्दछ । यसको लागि आमदानीमा आधारित स्वास्थ्य विमा संचालन गरिनु पर्दछ ।

दीगो विकास

प्रकृतिले मानव जातीलाई असीमित सेवा प्रदान गरिराखेको छ । हरिया वनजंगल, सफा पानी, उर्वरा जमिन, शुद्ध हावा, खनिजजस्ता कुराहरु मानव जातिले प्रकृतिबाट निःशुल्क प्राप्त गर्दछ । मानिस बाँच्नको निमित्त प्रकृतिले दिएका सेवाहरु यथेष्ठ छन् । तर मानिसको लोभलाई प्रकृतिले पुरा गर्न सक्तैन । हामीहरु अहिले लोभी भएका छौं । त्यसैले जथाभावी जंगल मास्ने, लापरवाह रुपमा उत्खनन् गर्ने, वायु र जल प्रदुषित गर्ने जस्ता कार्य गरिराखेका छौं । यस्ता प्रकारका जथाभावी गर्नाले प्रकृतिले प्रदान गर्ने सेवा क्रमशः कम हुँदै जान्छ र भविष्यका पुस्ताले त्यसको मूल्य चुकाउनु पर्दछ । त्यसैले प्रकृतिको सेवा प्रदान गर्ने क्षमतामा कमी आउन नदिएर मानव विकासको लक्ष्य प्राप्त गर्ने हाम्रो रणनीति हुनु पर्दछ । वास्तवमा यहि नै दीगो विकास हो ।

हाम्रो पृथ्वी–हाम्रो वासस्थल हो । हाम्रो सुरक्षाका लागि हाम्रो वासस्थल सुरक्षित हुनुपर्छ । पर्यावरणको विनासले, वन–वनेली र रुख विरुवाको विनाश तथा भू–क्षयले हाम्रो वसोवास स्थल उजाड र असुरक्षित हुदैछ । घरै घर र सिमेन्ट कंक्रिटको थुप्रोले स्वच्छ हावा सेवन गर्न मुस्किल पर्दैछ । हाम्रो स्वस्थ र दीर्घ जीवनको लागि मात्र हैन विश्व मानवताकै चिरायु र समग्र पृथ्वीको सुरक्षाका लागि हिमालमा हिऊँ सकिने, आकाशमा ओजनतह पातलिने र प्वाल पर्ने जस्ता खतरावाट पृथ्वीलाई जोगाउनु छ ।

हाम्रा विकासका एजेन्डामा दीगो विकासका अवधारणाहरु समावेश त हुनु नै पर्दछ यसको कार्यान्वयनको स्पष्ट मार्गचित्र पनि समावेश गरिनु पर्दछ । राजनैतिक अस्थिरता र कमजोर नेतृत्वको बेलामा प्राकृतिक श्रोतको विनास हुने गरेका छन् । जथाभावी बाटो खन्ने, नदीजन्य पदार्थहरुको अवैज्ञानिक तवरले दोहन गर्ने, कलकारखानाका फोहरहरु जथाभावी नदीमा विसर्जन गर्नेजस्ता कामले हाम्रो वातावरणमा विनास पु¥याई राखेका छन् । यस्ता कुराहरुलाई वैज्ञानिक तथ्यमा आधारित नीति नियममार्फत् नियमन गरिनु पर्दछ ।

सुशासन

सुशासनको अभाव नेपालको समृद्धिको सबैभन्दा ठूलो समस्या हो । आम नागरिकमा राजनीति र राजनीतिज्ञ प्रतिको निराशाको प्रमुख कारण सुशासनको अभाव हो । गुणस्तरहीन र सुस्त गतिको विकासको प्रमुख कारण नै सुशासनको अभाव हो । निकै दु्रत गतिमा विकास भएका देश र हाम्रो जस्तो देशको प्रमुख भिन्नता नै सुशासन हो ।

भ्रष्टाचार, सार्वजनिक काममा ढिलासुस्ती, स्थापित नीति नियमहरुको उल्लंघन, नातावाद र कृपावादले हाम्रो राज्य संयन्त्र दूषित बनेको छ । मिहेनती मानिस पछि पर्ने तर चाकडी र चाप्लुसीमा लिप्त मानिस मिहेनत विना नै अघि वढ्ने परम्परा भएको छ । यसले आम मानिसमा निराशा छाएको छ । आम नागरिकमा यस्तो निराशा लामो समय सम्म रह्यो भने त्यो लोकतन्त्रको निमित्त नै खतरा हुन्छ ।
भ्रष्टाचार नियन्त्रण अहिलेको प्रमुख आवश्यक्ता हो । आचरणगत भ्रष्टाचार, नीतिगत भ्रष्टाचार र मौद्रिक भ्रष्टाचार, यी तिनै प्रकारका भ्रष्टाचार नियंत्रण गर्न कठोर कदम चालिनु पर्दछ ।

कठोर कानुनी प्रबन्ध र समाजिक आन्दोलनबाट भ्रष्टाचार, कमिसनतन्त्र र व्यभिचारमाथि कडा नियन्त्रण गरिनु पर्दछ । म भ्रष्टाचार प्रति शून्य सहनशीलताको विचार राख्दछु र त्यसलाई अबलम्बन पनि गर्दछु । । भ्रष्टाचार विरुद्ध कठोर सङ्घीय सुशासनको पद्दति निर्माण हाम्रो प्रथामिकता हो । विपरीत सिद्धान्तका व्यक्ति पनि ठूला ठूला कमिशन काण्डमा मिलेको आशंकाले राष्ट्रिय राजनीतिमा मात्र होइन अन्तर्राष्ट्रिय दातृ समुदायमा समेत विश्वासको संकट उत्पन्न हुदै जानु मुलुकका लागि दुर्भाग्यपूर्ण अबस्था हो । पैसाको बलमा सत्ता हत्याउने सत्तालाई उपयोग गरी अकूत सम्पती आर्जन गर्दै जाने प्रवृति वढदै जाने हो भने समाज र देशको विकास त वर्वाद हुन्छ हुन्छ राष्ट्रियता माथि नै आँच पुग्ने खतरा पैदा हुन्छ । यस्ता प्रवृति र चक्रव्यूह तोड्न एउटा ठूलै आन्दोलन जन्माउनु परेको छ ।
सदाचार राज्य संचालनको अभिन्न अंग हुनु पर्दछ । राज्य सञ्चालनमा सदाचारको दबाब रहन सक्यो भने सुशासन र पारदर्शी हुनसकिने छ । कानुनले मात्र भ्रष्टाचार नियन्त्रण वा निर्मूल गर्न सक्दैन । सदाचारको दवाव चाहिन्छ । पार्टी त्यसको संयन्त्र वन्नु पर्छ । अभिमुखीकरण अभियान चलाउनुपर्छ ।

समाज व्यवस्था

हाम्रो समाज पतवार हराएको जहाजजस्तो दिशाहीन र गन्तव्य विहिनजस्तो अवस्थामा रहेको अनुभव हुँदैछ । हाम्रो परम्परागत सांस्कृतिक धरातल र आर्यावर्तका जीवन मूल्यहरुलाई गौण ठान्ने मानसिकताबाट ग्रस्त छौं हामीहरु । यसबाट हाम्रो राष्ट्रिय आत्मविश्वास नै धर्मराएको स्थिति देखिएको छ ।

अब हामीले बाटो पहिल्याउनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसलाई आम नेपाली जनता र नेपाल राष्ट्रको भरोषाको केन्द्र बनाउन नेपाली मात्रको नैतिक उत्थान गराउने एउटा सांस्कृतिक पुनर्जागरणको नेतृत्वकारी शक्ति बनाउनु छ । पश्चगामी सोच हैन, सगरमाथाको उचाईबाट पृथ्वीका सम्पूर्ण मानवलाई शिक्षा दिने अग्रगामी सोच अंगालेर हामी अगाडि बढ्नुपर्छ । नेपालको बहुसांस्कृतिक विशेषता नै नेपालको पहिचान हो । यो पहिचानलाई खजमजिन नदिइकन सापेक्षताको बाटोतिर अगाडि बढ्नु छ ।

समाजका हरेक समूहबीच सहकार्य, ओंकार परिवारमा आवद्ध हिन्दु, बौद्ध, किरात, बोन, शिख र जैन संस्कृतिको समिश्रण विशिष्ट नेपाली संस्कृति, संसारमा सबैभन्दा उदार र सहिष्णुतामा आधारित पूर्वीय दर्शन हाम्रो जीवन दर्शन हो । यही दर्शनको आधारमा विश्वशान्ति र विश्वबन्धुत्व साकार हुन सक्छ । अहिलेको वस्तु व्यापारको आधारमा भएको विश्वव्यापीकरण र उदारीकरणभन्दा ‘वसुधैव कुटुम्बकम’को आर्दश अंगारेर सहकार्यमा अघिबढेको विश्व सभ्यता मानव मात्रका लागि सयौं गुणा हितकारी छ भनेर हामीले प्रमाणित गर्नुछ । विविधताका बीच एकताको आधारमा समग्र नेपालीको एकता कायम गर्नुछ । ‘सँगै बसौं, सँगै खानपिन गरौं र सँगै पुरुषार्थ गरौं’ भन्ने वैदिक आर्दशबाटै हाम्रो प्रजातन्त्र र समाजवाद अनुप्राणित छ भनेर नभुलौं । यिनै जीवन मूल्यमा आधारित समाज व्यवस्था हामीले कायम गर्ने हो ।

परराष्ट्र सम्बन्ध

नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थकुटनीतिक अभ्यास । भाइचारामा आधारित असंलग्न नीति । विभिन्न ध्रुवमा विभिक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवद्र्धन । सन्तुलिन परराष्ट्र नीति दरोसँग अंगाल्ने । दुवै छिमेकीको वैधानिक सुरक्षा चासो र चिन्ताप्रति संवेदनशील रही आफ्नो राष्ट्रिय स्वाभिमान र अस्मिताको रक्षा गर्दै, धरातलीय यथार्थमा आधारित सम्बन्धविस्तार नेपालको सुरक्षा र विकासको आधार हो भन्नेमा नेपाली कांग्रेसको मान्यता रहेको छ । राष्ट्रको आर्थिक हित, डायस्पोराको हित, सामाजिक र सांस्कृति यथार्थ र श्रम सम्बन्धका आधारमा परराष्ट्र सम्बन्धमा प्राथमिकता निर्धारण गरिनु पर्ने छ । अर्थात्, राष्ट्रिय आवश्यकता र मानवअधिकार तथा लोकतन्त्रमा आधारित भई परराष्ट्र नीति अगाडि बढाइनेछ ।
नेपालका कतिपय तत्वले असंलग्न परराष्ट्र नीतिलाई बायाँतिर ढल्काउने प्रयास गर्दैछन् । नेपाली कांग्रेसले त्यसलाई नेपालको हितमा सही ठाउँमा ल्याउने छ ।

रुपान्तरणका दस सुत्र

माथि उल्लेख गरिएका विचार र कार्यक्रम लागू गर्नका लागि नेपाली कांग्रेसको नेतृत्वमात्रै परिवर्तन गरेर पुग्दैन, यसका साथै पार्टीले एउटा अभियान नै चलाउनु आवश्यक छ । यो अभियानलाई मैले १० वटा बुँदामा उल्लेख गरेको छु र यसलाई रुपान्तरणका दस सुत्र नाम दिएको छु । नेपाली कांग्रेस र नेपाली समाजको लोकतान्त्रिकरण गर्दै नेपाली संस्कृति, संस्कार र नेपाल राज्यको भविष्यको पुनःसंरचनाका लागि मैले अघि सारेका दस सुत्र ः

१. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौं ।
२. कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।
३. विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।
४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।
५. आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘¥याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।
६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो । स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।
७. विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धिान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन । सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस जसले २०१५ सालमा दुईतिहाई जनमसर्थन प्राप्त ग¥यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयाश गरौं ।
८. सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न उर्जाक्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।
९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।
१०. कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

 राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

 विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

 निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो । स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

२०७९ कार्तिक १८ मा प्रकाशित
शान्ति समाज पोखराको अध्यक्षमा पितम रआमा समुहको अध्यक्षमा तारा चयन

शान्ति समाज पोखराको अध्यक्षमा पितम रआमा समुहको अध्यक्षमा तारा चयन

२०७९ कार्तिक २ मा प्रकाशित
दशैंको पाँचौँ दिन: आज स्कन्दमाताको पूजा गरिँदै

दशैंको पाँचौँ दिन: आज स्कन्दमाताको पूजा गरिँदै

२०७९ अशोज १४ मा प्रकाशित
सत्ता गठबन्धन दल – अन्ततः सीट बाँडफाँटमा करिब सहमति

एकीकृत समाजवादीले १७ सिट पाउने, राष्ट्रिय जनमोर्चालाई दुई र जसपालाई १२ सिट

२०७९ अशोज १३ मा प्रकाशित
पोउवासंघको महाधिवेशन : आठ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर मत माग्दै पोखरेल समुह

पोउवासंघको महाधिवेशन : आठ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर मत माग्दै पोखरेल समुह

२०७९ भदौ २० मा प्रकाशित
ग्यास बुलेट पोलमा ठोक्किँदा आगलागी‚ मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नागरिकता विधेयक बहुमतले पारित

२०७९ भदौ १५ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.