Play

कुकुरले टोकेको भैंसीको मासु खाँदा गाउँभरिको बिरामी

गुरुकुल खबर


पोखरा कात्तिक १४ । बिरामी भैंसीको मासु खाँदा रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापार गाउँका स्थानीय बिरामी परेका छन् ।

कुकुरले टोकेर बिरामी परेको भैसीको मासु खाएपछि सो गाउका स्थानीय बिरामी परेका हुन् । 

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्ति भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भएपनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।

सैनामैना-७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी १ सय ४० जनाले पकाएर खाएका थिए ।

भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडाध्यक्ष बेल्वासेले जानकारी दिए । उनले भने, ‘भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौं भनि उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’

बिरामी भैंसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन् । अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ । घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेविज विरुद्धको खोप लगाएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कात्तिक ११ गते बिहीबार स्मृतिटोलमा नगरको स्वास्थ्य शाखासहितकोे टोली पुगेर खोप लगाइएको हो । उहाँले कुल १ सय ४० जनामध्ये मासु का’टे’का र नपाकेको मासु छोएका ७० जनालाई पहिलो खोप दिइएको बताउनुभयो । रे’बिजविरु’द्धको खोप तीन पटकसम्म लगाउनुपर्दछ ।

१४ कार्तिक २०७८, आईतवार १९:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा