Play

मिस कल्चर प्रतिक्षाले मनाइन् मानवसेवा आश्रममा जन्मदिन

गुरुकुल खबर


मिस कल्चर–२०२० को विजेता प्रतिक्षा बास्तोलाले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएकी छिन्। पोखरा–२५ मा रहेको मानव सेवा आश्रममा रहेका करिब १ सय ४० जना बुवाआमा लगायत अन्यलाई खाना खुवाई प्रतिक्षाले शनिबार आफ्नो जन्मदिन मनाएकी हुन्।

उनले कार्यक्रममा बोल्दै जन्मदिन घरमा, पार्टी प्यालेसमा साथीहरु बोलाएर कार्यक्रम गरिदा अनावश्यक खर्च हुनुका साथै पश्चिमेली संस्कृति बढावा दिँदै आफ्नै संस्कृति लोप गर्न हामी युवाहरु लागेको बताउँदै त्यसलाई चिर्न कार्यक्रम गरिएको उनले बताइन्। साथै, अन्य जोकोहीले पनि आफ्नो जन्मोत्सवमा गरिने खर्चलाई. सामाजिक क्षेत्रमा प्रयोग गर्न उनले अनुरोध गरेकी थिइन्।

साथै, कार्यक्रममा बोल्दै प्रतिक्षाका बुवा बसन्त बास्तोलाले वालवालिकाहरुलाई पैसालाई कहाँ सदुपयोग गर्ने बारेमा सानैबाट जानकारी गराउनुपर्ने जानकारी गराएका थिए। उनले वालवालिकाहरु अभिभावककै कारण गलत निर्णय लिने, कुलतमा फस्ने, विकृति विसंगतिमा लाग्ने सम्भावना भएको हुनाले अभिभावकहरु बालवालिकासँग नजिकिनु, उनिहरुका कुरा बुझ्नु, राम्रा र नराम्रा बारेमा जानकारी गराउनु पर्छ भनेका थिए।

त्यसैगरी प्रतिक्षाकी आमा सीता बास्तोला, काका कविराज बास्तोला र काकी राधा बास्तोलाले जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा प्रयोग गरे सार्थक रहने बताएका थिए।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा हेमजा अध्यक्ष विष्णु बास्तोला, समाजसेवी कविराज बास्तोला, देविस्थान भजन समूहका अध्यक्ष भरतचन्द्र गौतम, हेमजा बोर्डिङ स्कुलका सञ्चालक मोतिराज तिमिल्सिना, मानवसेवा आश्रमकका राजन सापकोटा, करुणानिधि स्कुलका अध्यक्ष, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका महासचिव तथा कोहिनुर अफसेट प्रेसका सञ्चालक बसन्त बास्तोला लगायतले बोलेका थिए। दिनेश प्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रम पुष्पाञ्जली फेसन एण्ड इभेन्टका अध्यक्ष शोभा गौतमको अध्यक्षतामा भएको थियो।

१२ आश्विन २०७८, मंगलवार १०:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा