Play

शिव मन्दिर मार्गको स्वास्थ्य भवनको औपचारिक उद्घाटन

गुरुकुल खबर


पोखरा । गर्भवती जाँच र परिवार नियोजना सम्बन्धि सेवा प्रदान गर्ने उधेश्यले निर्माण गरिएको पोखरा महानगरपालिका वडा नं. ९ स्थित स्वास्थ्य केन्द्र अन्तर्गतको स्वास्थ्य भवन बिहिबार उद्घाटन गरिएको छ । 

यसैगरी आज नै सेतीगंगा टोलमा निर्मित ढलान बाटो, ढुंगेधारा र चौतारा पनि उद्घाटन गरिएको छ ।

नवनिर्मित स्वास्थ्य भवन सेतीगंगा टोल विकास संस्था र शौभाग्य महिला समूहको पहलमा वडा कार्यालयको आठ लाख ५० हजार रुपैयाँमा आर्थिक सहयोगमा निर्माण भएको हो भने महानगरपालिकाको सात लाख र स्थानीयको तीन लाख रूपैयाको लागतमा बाटो ढलान सम्पन्न भएको हो । 

यसैगरी स्थानीय अनुज बाँस्तोला र सीतादेवी बाँस्तोलाको सहयोगमा ढुंगेधारा र चौतारा निर्माण गर्नुका साथै सोममाया सिलाकारको सहयोगमा ढुंगेधारामा मुर्ति राखिएको छ भने वडा सदस्य गीता चर्मकारको सहयोगमा टोलमा रहेको शिव मन्दिरमा वत्ति राख्ने काम भएको छ । 

 उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष रामराज लामिछानेले सेतीगंगा टोल वडाकै नमूना टोल बन्नेक्रममा रहेको बताउदै 

पछिल्लो समयमा टोलवासीहरु समाज सेवामा निकै अग्रसर रहेको र हरेक कार्यमा सचेत बनेको बताए । टोलमा चार लाख रुपैयाँको लागतमा पार्क बन्न लागेको समेत लामिछानेले बताए । 

स्वास्थ्य भवन निर्माण समितिका अध्यक्ष हिरा घलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यद्धय सुरेश खवास र राममाया मानन्धर, सेतीगंगा टोल विकास संस्थाका अध्यक्ष रोशन मानन्धर, मुना बाँस्तोला, सेतीगंगा टोल विकास समितिका पूर्वअध्यक्ष भावना श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए । 

सोही कार्यक्रममा  टोलको विकासमा सहयोग पुऱ्याएका सीतादेवी बाँस्तोला, अनुज बाँस्तोला, हिरा घले र सोममाया सिलाकारलाई सम्मान गरिएको थियो ।

२१ श्रावण २०७८, बिहीबार १६:२९ मा प्रकाशित
Nabintech