Play

स्व. पंगेनीको स्मृतिमा अक्षय कोषको स्थापना

गुरुकुल खबर


पोखरा । संबिधानसभा सदस्य एवं नेपाली  कांग्रेस स्याङजा सभापति कमलप्रसाद पंगेनीको तेस्रो स्मृति दिवस पारेर नेपाल विद्यार्थी संघ स्याङ्जाले अक्षयकोष स्थापना गरेको छ ।  स्व.पंगेनीले राजनीतिक यात्रा सुरु गरेको दहथुम माध्यमिक विध्यालयलाई नेपाल  विद्यार्थी संघ स्याङजाले स्मरण गर्दै अक्षय कोषको स्थापनाको गरेको हो ।

सो अभियानलाई संविधानसभा सदस्य राजु थापाले ५ हजार, भीरकोट नगर सभापति तोयानाथ अर्यालले ५ हजार, कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्दकुमार कर्माचार्यले ५ हजार ५ सय र नेपाल बिद्यार्थी संघले ५ हजारगरी २० हजार ५ सय रुपैयाको को अक्षयकोषको स्थापना गरिएको नेविसंघका जिल्ला सभापति अजित क्षत्रीले जानकारी दिए । 

‘स्वर्गिय पंगेनी जय नेपाल छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नेगरी बिद्यालयलाई रकम हस्तारन्तरण गरेका हौं।’ सभापति क्षत्रीले भने, ‘अक्षयकोषको मुलधनबाट आउने ब्याजबाट गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिईनेछ ।’

सभापति क्षेत्रीले भने “उहाको माध्यमिक तहको पढाई दहथुम माध्यमिक बिद्यालयमै पुरा भएको थियो । सोही बिद्यालयमा अध्ययन गर्ने क्रममा नेपाल बिद्यार्थी संघको सदस्य बन्नु भएको थियो।” उनले अझ थपे “ उहाँ निरन्तर नेपाल बिद्यार्थी सघका पक्षमा काम गर्दे जानुभयो । केन्द्रिय सदस्य बन्नुभयो । कुशल संगठक, नम्र र असाधारण ब्यक्तित्वका धनी पंगेनीले राजनीतिमा आफनो प्रभाव पर्दै २०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित हुनुभयो ।”

स्मृतीसभा एवं अक्षयकोष हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्दकुमार कर्माचार्य, दहथुम मावीका प्रधानाध्यापक वेदप्रसाद अर्याल, नेविसंघ क्षत्रिय सभापति विश्वास लम्साल , पूर्व क्षत्रीय सचिव हिमप्रसाद गुरुङ, भिरकोट सभापति लक्ष्मण अधिकारी, नेविसंघ सदस्य होमप्रकाश गुरुङ लगायतले स्वर्गिय पंगेनीले देखाएको राजनीति र विकास निर्माणका मार्ग दर्शनलाई आत्मसात गर्दे अघि बढ्नु पर्नेमा जोड दिएका थिए । 

नेविसंघ जिल्ला सभापति अजित क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षत्रीय सचिव एसिव शरण महत र  कोषाध्यक्ष धुव्र पंगेनीले पनि आ आफ्नो भनाई राखेका थिए । 

२१ श्रावण २०७८, बिहीबार १५:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा