Play

ओली सरकारको जस्तो अपराध गर्न छुट छैन : गगन थापा

गुरुकुल खबर


नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गरेजस्तो अपराध नयाँ सरकारलाई गर्न छुट नभएको बताएका छन्। सांसद थापाले नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नहुने र यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने समेत बताए।

उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको स्पष्ट पारे। ‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ। न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन,उनले भने, न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न । यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनुपर्ने छ- सांसदको प्रश्नसँग, संसदको निगरानीसँग ।’ ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्,उनले भने। उनले ओली नेतृत्वको सरकारका गैरजिम्मेवारी कामको बेलिविस्तार लगाउँदै उनले भने , ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार ।’
नेता थापाले परीक्षा प्रधानमन्त्रीको मात्र नभइ सभामुखको पनि हुने भन्दै अब सभामुख र सांसदले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुन:स्थापित गर्नुपर्नेमा जोड दिए।

१२ श्रावण २०७८, मंगलवार २०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा