Play

प्रदेश प्रमुख परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय

गुरुकुल खबर


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

बैठकले गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

‘लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचनलाई र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरिएको छ,’ उनले भने ।

गण्डकी प्रदेशमा हाल सीतादेवी पौडेल प्रमुख छन् । उनीभन्दा पहिले शेरचन प्रदेश प्रमुख थिए । लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव छन् । यादव र पौडेललाई केपी शर्मा ‌ओली नेतृत्वको एमाले सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक प्रदेश प्रमुख फेरिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखहरू प्रदेशका लागि संघीय सरकारका प्रतिनिधि हुन् ।

१२ श्रावण २०७८, मंगलवार १८:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा