Play

शनिबार कोरोनाबाट गण्डकी प्रदेशमा ४ जनाको मृत्यु

गुरुकुल खबर


पोखरा साउन ९ । कोरोना संक्रमित भई पोखरामा विभिन्न अस्पतालमा  उपचाररत थप चार जनाको उपचारकै क्रममा  मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस अस्पताल र मणिपाल अस्पतालमा उपचाररत तिन पुरुष र एक महिलाको मृत्यु भएको  गण्डकी स्वास्थ्य निर्देशनालायले शनिबार जानकारी दिएको छ ।

निर्देशनालायका अनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कास्की रुपा गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै साउन १ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत स्याङ्जा पुतलीबजार १३ का ७६ वर्षीय पुरुषको शनिबार निधन भएको हो । गत असार २७ गते कोरोना संक्रमण पुष्टि भई  मेडिप्लस अस्पताल पोखरामा उपचाररत स्याङ्जा भिरकोट ७  का ६० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भई मणिपाल अस्पताल पोखरामा उपचाररत पर्वत महाशिला ५ की ५३ वर्षीय महिलाको सोहि दिन उपचारको क्रममा मृत्यु भएको  हो 

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५० पुगेको छ ।

९ श्रावण २०७८, शनिबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा