Play

निषेधाज्ञाको समय लम्ब्याइयो

गुरुकुल खबर


पोखरा १५ असार । जिल्ला प्रशासन कार्यालय कास्कीले स्वरुप परिवर्तन गर्दै निषेधाज्ञाको समय लम्ब्याएको छ । असार १५गतेको मध्यरातसम्म जारी निषेधाज्ञा स्वरुप परिवर्तन सहित असार २५को मध्यरातसम्म लम्ब्याइएको हो ।

कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटेपनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले स्वरुप परिवर्तन सहित केही केहि खुकुलो बनाएको छ । जसअनुसार अब सार्वजनिक सवारीहरु गुड्ने भएका छन् । स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि जोर गते जोर नम्वर प्लेटका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी चल्न पाउने प्रशासनले सुचना जारी गरेको छ ।

यस्तै १२ बजेसम्म मात्रै पसल व्यवसाय सञ्चालन हुँदै आएकोमा मंगलबारको मध्यरातदेखि खाद्यान्नका पसलहरु बिहान ५ देखि साँझ ६ बजेसम्म  सञ्चालन गर्न पाइने छ भने खाद्यान्नका पसल  बाहेकलाई बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।

१५ असार २०७८, मंगलवार १५:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा