तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियाको एनटी सिटी टु सर्फ प्रतियोगितामा नेपालीहरुको आकर्षण बढ्दै

गुरुकुल खबर गुरुकुल खबर
२०७८ असार १४ मा प्रकाशित
in मनोरञ्जन, विविध, शिक्षा/स्वास्थ्य, समाचार
अष्ट्रेलियाको एनटी सिटी टु सर्फ प्रतियोगितामा नेपालीहरुको आकर्षण बढ्दै
32
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter
अष्ट्रेलियाको डार्विनमा झण्डै ५० वर्ष अगाडीबाट आयोजना गरिंदै आएको ‘एनटी सिटी टु सर्फ़’ प्रतियोगितामा पछिल्लो समयमा नेपालीहरुको आकर्षण बढ्न लागेको छ।  हरेक वर्ष जुन महिनामा हुदै आएको यो प्रतियोगिता सन २०२० मा भने कोरोनाको प्रभावका कारण अक्टोवरमा गरिएको भएपनि यस वर्ष भने जून महिनाको २७ तारिखमा भएको थियो । ४८ औं श्रृंखलाको रुपमा यस वर्ष आयोजित प्रतियोगितामा पनि विगतमा जस्तै अष्ट्रेलियाका स्थानीय नागरिक र विभिन्न मुलुकबाट त्यहा गएर बस्ने  २ हज़ार बढीले सहभागिता जनाएका थिए  ।
जून महिनामा डार्विनको मौसम राम्रो हुने भएकोले त्यहा बाह्य पर्यटकहरु समेत धेरै जाने गर्दछन , तिनिहरुलाई समेत लक्षित गरि जून महिनामा डार्विनमा यो प्रतियोगिता गर्न शुरु गरिएको बताईन्छ । प्रतियोगितामा भाग लिन विदेशबाट समेत ठुलो संख्यामा मानिसहरु जाने गरेकोले सहभागीको संख्या हजारौ रहने गरेको बताईन्छ ।
प्रतियोगितामा ३ वटा छुट्टा छुट्टै विधामा दौड़ प्रतियोगिता हुने गरेको छ । जस अनुसार परम्परागत रुपमा हुंदै आएको १२ किमी दौडमा जोसुकैले पनि भाग लिन पाउंछन र यसलाई प्रतियोगिताको मुख्य आकर्षण मानिन्छ । यस बाहेक १२ किमी पार गर्न नसक्ने किशोर र वयस्कहरुलाई लक्षित गरि मिनिसर्फर वा ४ किमी दौड़ समावेश गरिएको छ । यसै गरि अर्को ईभेन्टको रुपमा म्याराथुन किड्स अर्थात ससाना वालबालिकाहरुका लागि करिव २ किमी अर्थात १.१९५ किमीको दौड़ प्रतियोगिता राख्ने गरिएको छ ।
यस प्रतियोगितामा भाग लिनका लागि आयोजकले अनलांईन रजिस्ट्रेशन आव्हान गर्ने गर्दछ ।त्यसपछि ईच्छुकहरुले समुहगत रुपमा टिम बनाएर तथा व्यक्तिगत रुपमा समेत दर्ता गर्ने गर्छन । दर्ता शुल्कबाट संकलित रक़म जनस्वास्थ्य क्षेत्रमा खर्च गरिन्छ । प्रतियोगितामा सहभागी सबैलाई निर्धारित दुरी पुरा गरेमा हौसला स्वरुप फ़िनिशर मेडल र विभिन्न विधामा बिजयी हुनेहरुलाई ट्रफी र पुरस्कार समेत प्रदान गरिन्छ ।
एनटि सिटी टु सर्फ़ प्रतियोगितामा नेपाली खेलाडीहरुले भाग लिन थालेको भने धेरै वर्ष भएको छैन । अष्ट्रेलियन आर्मीमा कार्यरत पोखराका चन्द्रप्रकाश गुरुड्ले २०१३ मा पहिलो पटक त्यस प्रतियोगितामा सहभागिता जनाएका हुन । त्यसपछिका वर्षमा अन्य नेपाली साथीभाईलाई प्रतियोगितामा सहभागी बन्नका लागि गुरुड्ंले आग्रह गर्दै आएको भएपनि लामो दुरीको दौड, दर्ता शुल्क तिर्नुपर्ने , केहीको रुची नहुने र केहीको समय नमिल्ने भन्दै नेपालीको सहभागिता जुट्न सकेन । तर पनि गुरुड्ले आफ्ना नजिकका साथीभाई हरुलाई अनुरोध गर्दै जांदा र स्थानीय स्तरमा गठन गरिएका नेपाली संस्थाले ( एनएएनटी र एनआरएनए एनटी ) संयुक्त रुपमा दर्ता शुल्क र सिंग्लेट दिएर सहयोग गर्न लागेपछि भने नेपालीको संख्या विस्तारै बढ्न थालेको हो । जसका कारण सन २०१९ मा नेपाली हरु मिलेर टिम नेपालको समुह बनाएर सहभागिता जनाएका थिए । २०२० मा त्यस प्रतियोगितामा सहभागी हुने नेपालीको संख्या २६ पुगेको थियो भने यस वर्ष २०२१ मा २७ जना नेपालीले भाग लिएका थिए ।
नेपाली समुदायको तर्फबाट चन्द्र प्रकाश गुरुड्कै संयोजकत्वमा टिम नेपाल गठन गरिएपछि नेपाली समुदायमा यस प्रतियोगिताको आकर्षण पनि बढेको बताईन्छ। नेपाली समुदायका दुईवटा संस्था एनएएनटिका अध्यक्ष युवराज पन्त र एनआरएनए एनटीका अध्यक्ष हेम पूनले समेत प्रतियोगितामा संख्या बढाउन संस्थाको तर्फबाट निरन्तर सहयोग र प्रोत्साहन हुने जानकारी दिए ।
शुरुआतका वर्षमा सहभागिता बढाउनका लागि दर्ता शुल्क र जर्सी दिएको भएपनि पछिल्लो वर्षहरुमा भने दर्ता शुल्क सहभागीहरु आंफैले तिर्न थालेको समेत उनिहरुको भनाई छ । संस्थाबाट दर्ता प्रयोजनका लागि कहिलेकाहीं केही रक़म खर्च भएपनि संस्थाका पदाधिकारीहरु सहित अन्यले पनि व्यक्तिगत रुपमा नै रकम व्यहोर्ने गरेपछि अन्य सामाजिक काममा संस्थाले सहयोग गर्न लागेको छ। हजारौं प्रतियोगीहरुको बिचमा चन्द्र सुर्य अंकित झण्डा सहितको भेष्टमा सजिएर नेपालीहरु दौडिदा गर्व लाग्ने उनिहरुको भनाई छ ।

प्रतियोगितामा उल्लेखनीय सहभागिता रहेपनि नेपालीहरुको बिचमा पनि छुट्टै बिजेता घोषणा गर्ने गरिन्छ । २०२०मा भएको प्रतियोगितामा २६ जना नेपाली सहभागी रहेकोमा १२ किलोमीटर तर्फको दौडमा चन्द्रप्रकाश गुरुडं प्रथम र उनकी श्रीमती दशमी गुरुड्ले दोश्रो स्थान प्राप्त गरेका थिए । यस वर्ष अर्थात २०२१ मा भने २७ प्रतियोगी नेपाली सहभागी भएकोमा पुरुष १२ किमी तर्फ दिनेश मल्ल प्रथम र चन्द्र प्रकाश गुरुड्ले नै दोश्रो स्थान प्राप्त गरेका थिएं भने महिला १२ किमी तर्फ दशमी गुरुड्ले नै प्रथम स्थान प्राप्त गरेकी थिईन । उनले सबै नेपाली बिचमा चौथो स्थान प्राप्त गरेकी हुन । यसैगरि महिलाको ४ किमी तर्फ सोनिया दाहालले र पुरुष ४ किमी तर्फ बासुदेव दुलालले प्रथम र सागर पन्थले दोश्रो स्थान प्राप्त गरेका छन ।

यसैबिच उक्त प्रतियोगितामा टिम नेपालको तर्फबाट संयोजक रहेका र यस वर्ष दोश्रो स्थान प्राप्त गर्न सफल चन्द्र प्रकाश गुरुड्ले गुरुकुल खवरसंग कुरा गर्दै शहरमा समुद्र तट सम्म दौड़िएर यस किसिमको प्रतियोगिता हुंदै आएको र अष्ट्रेलियाका प्रमुख शहरहरुमा यस किसिमका प्रतियोगिता हुंदै आएको जानकारी दिए । उनका अनुसार शहर देखि समुद्र किनार सम्मको दौड़ भएकोले सिटी टु सर्फ नाम दिईएको हो । स्थानीय पर्यटन प्रवर्द्धन र मानिसको स्वास्थ्य अनि मनोरन्जन लाई समेत दृष्टिगत गरेर झण्डै ५० वर्ष अगाडीबाट यस किसिमको ईभेन्ट गरिंदै आएको हो ।
फोटो: फिरोज राणा र युवराज पन्त

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.