Play

स्कटल्याण्डका  नेपालीद्वारा पश्चिमाञ्चल अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

गुरुकुल खबर


पोखरा  । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले   पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।   गैरआवासीय नेपाली संघ मार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । प्रडा खत्रीले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने डा खत्रीले  बताए ।
उक्त कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्याल, स्थानीय समाजसेवीहरू रामजी बराल, विष्णु बराललगायतले मन्तव्य दिएका थिए ।
कोभिड–१९ राहत सहयोग समितिमा  गैरआवासीय नेपाली संघ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन,ग्लास्गो नेपाली एसोसिएसन, स्कट स्पोर्टस् क्लब,  दियो क्लब, नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज नेपाली एसोसिएसन, नेपाली साउथ  साइड  कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेपाली एसोसिएसन, जिएस आर्टस्  कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डको संलग्नता रहेको छ ।अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका नेपालीहरूबाट  व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको थियो।

४ असार २०७८, शुक्रबार २१:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा