Play

पोखरामा फेरी थपियो लकडाउनको समय

गुरुकुल खबर


पोखरा जेठ ५ । तिब्र गतिमा फैलिरहेको कोभिड १९ को संक्रमण नियन्त्रण गर्न कास्की प्रशासनले जेठ १४ गतेसम्म फेरी लकडाउनको समय लम्बाएको छ । बुधबार एक सुचना जारी गरि लकडाउनको समय लम्ब्याइएको बारे कास्की प्रशासनले जानकारी दिएको हो । गत २१ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर जेठ १४ गतेसम्म  लम्ब्याएको हो । पछिल्लो समयमा तीव्र रुपमा फैलिरहेको संक्रमण रोक्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले

कास्की प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न आदेश जारी गरेको छ । भेला, सभा जुलुस, जात्रा तथा महोत्सव गर्न निषेध गरेको छ ।एम्बुलेन्समा बिरामी तथा कुरुवा गरी बढीमा २ जना चढ्न पाउनेछन् । दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, खाद्यान्न तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु भने चल्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हने सरकारी सवारी साधनहरु पनि चल्नेछन् ।

लकडाउन घोषणा भएका जिल्लाभित्र यात्रुवाहक सार्वजनिक तथा निजी सवारी चलाउन पाइनेछैन । धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना गर्न पाउनेछ । सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट साथै साँझ, खेलकुद क्षेत्र सञ्चालन गर्न पाइनेछैन । 

विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाउँदै १० जना कम व्यक्ति सहभागी हुन पाउने छन् । औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घन्टा खुला रहने, दैनिक उपभोग्य खाद्यान्न पसलहरु बिहान ७ बजे देखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायत निर्माण सामग्री बोक्ने सवारी साधन बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । 

सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास तथा सञ्चार गृहबाट जारी पासको आधारमा आवतजावत गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र सञ्चालन गर्न भनिएको छ । 

५ जेष्ठ २०७८, बुधबार २०:३६ मा प्रकाशित
Nabintech