Play

पोखरा महानगरभित्रका विद्यालयमा वार्षिक परीक्षा नहुने

गुरुकुल खबर


जेठ ४ पोखरा । पोखरा महानगरपालिकाभित्रका विद्यालयहरुमा यो वर्ष वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपलिका शिक्षा महाशाखाले मंगलबार सूचना निकालेर यो वर्ष वार्षिक परीक्षा नहुने जनाएको हो । ‘कोरोना महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव छ’ सुचनामा उल्लेख छ ।

विधालयले यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न सुचना मार्फत निर्देशन गरेको छ । कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबिच महानगरले शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्ना सम्बन्धी कार्य असार १ गतेबाट मात्र सुरु हुने गरी निर्णय भएकाले सोही बमोजिम गर्न समेत विद्यालयका नाममा सूचना जारी गरेको छ । 

 

४ जेष्ठ २०७८, मंगलवार १६:०४ मा प्रकाशित
Nabintech