Play

कोभिड रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा सरकारको ध्यानाकर्षण

गुरुकुल खबर


नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा टेलिफोन सम्पर्क गरी विशेष ध्यानाकर्षण गराउनुभएको छ ।

सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको हो,तसर्थ कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले राज्यका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउनका लागि दु्रतगतिमा विदेशबाट खोप आयात गर्नु पर्नेबारेमा प्रमुख सचेतकले ध्यानाकर्षण गराउनुभयो ।

कुराकानीको क्रममा उहाँले कोहीपनि नेपाली नागरिक खोपबाट बञ्चित हुने अवस्था नआओस् र त्यसका लागि सरकारले यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गरियोस् भनि माग गर्नुभयो । जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोश्रो डोज दिन बाँकी रहेको र दोश्रो डोज दिने समयसीमा धेरै कम रहेकोले यथाशक्य चाडो दोश्रो खोप दिने व्यवस्था गरियोस् भन्ने विषयमा जोड दिनुभयो ।
त्यसैगरी प्रमुख सचेतकले देशभर अक्सिजनको अभावमा संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको बारे मन्त्रीलाई स्मरण गराउनु भयो । यसरी अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिण्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत सरकारलाई खाणले अनुरोध गर्नुभयो ।

हाल स्वास्थ्यसामग्री र उपकरणहरुको अभाव हुँदैगएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका विरामीहरुको समेत उपचारमा कठिनाई भइरहेको छ । यस विषयमा सरकार संवेदनशिल र जिम्मेवार हुनुपर्ने कुरामा प्रमुख सचेतकले जोड दिनुभयो । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्नुपर्ने खाणले बताउनुभयो ।

 

३ जेष्ठ २०७८, सोमबार १८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा